गढवा, २३ कात्तिक। दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ६ मनिकापुरका महिलाहरुले देउसी भैलो खेलेर संकलन भएको रकम क्यान्सर पिडितलाई सहयोग गर्नु भएको छ ।
मनिकापुरका महिलाहरुले चार्डपर्वलाई जगेर्ना गर्न भन्दै देउसी भैलो कार्यक्रम सुरु गर्नु भएको थियो तर भैलो सकेपछी बनभोज गएर सक्नु भन्दा गरिव असहाय र समस्यामा परेकाहरुलाई सहयोग गर्ने मनसाय बनाएर बिगत दुई बर्ष देखी क्यान्सर संग लडि रहनु भएकी गढवा-६ मनिकापुरकी ४६ वर्षीय ओम कुमारी घर्तिमगर लाई सहयोग गर्ने सौच बनाई सहयोग गरेको बताउनु भयो।
पुर्व राष्ट्रिय सभा सदस्य (२०७४ साल) मिना बुढाको पहलमा देउसी भैलो कार्यक्रमबाट संकलन भएको १७ हजार ६ सय ८० रुपैयाँ क्यान्सर पिडितलाई हस्तान्तरण गरिएको मिना पुनले जानकारी दिनुभयो।
करिव २ बर्ष देखी क्यान्सर संग लडिरहनु भएको ओम कुमारी बुढा मगरको आर्थिक अवस्था कमजोर रहेको र आज सम्म बिभिन्न निकायबाट सहयोग संकलन तथा आफ्नो पैसा समेत उपचार गर्दा गर्दै सकिएकोले उपचारका लागि सहयोग गर्न क्यान्सर पिडित ओम कुमारी बुढा मगरले अनुरोध समेत गर्नु भयो।
उपचारका लागि आर्थिक अवस्था कमजोर भएकोले श्रीमतीको उपचारमा सहयोग गरिदिन उहाँका श्रीमान् धन बहादुर घर्तीले आग्रह गरेपछि मनिकापुरका महिलाहरुले देउसी भैलो खेलेर उठेको रकम हस्तान्तरण गर्नु भएको हो।
क्यान्सर पिडितका ३ छोरी एक छोरा छन्। गढवा आफ्नो क्षमता हुदा सम्म उपचार गर्यौ अब त कुनै उपाय छैन उपचारका लागि सबैको साथ सहयोगको आवश्यकता छ श्रीमान धन बहादुर घर्तीले भन्नु भयो।
पुर्व राष्ट्रिय सभा सदस्य (२०७४) मिना बुढा गढवा गाउँपालिका वडा नम्बर ६ मनिकापुरका महिलाहरु दिल बिक, धन कुमारी परियार, लक्ष्मी पुन, शिला पुन, निशा पुन, जया थापा, मिना पुन, सकुन्तला बुढा, हिमाल मगर लगाएतको समूहले उक्त रकम संकलन गर्नू भएको थियो।