निषेधाज्ञाकाे दाेस्राे दिन : आजबाट थप कडाइ गरिने

निषेधाज्ञाकाे समयमा पनि सडकमा सर्वसाधारणको चाप नघटेकाले शुक्रबारदेखि थप कडाइ गर्ने प्रहरीले बताएकाे छ ।

गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथामका लागि बिहीबारदेखि काठमाडौं उपत्यकामा जारी गरिएकाे निषेधाज्ञामा थप कडाइ हुने भएको छ ।

निषेधाज्ञाकाे समयमा समेत सडकमा सर्वसाधारणको चाप नघटेकाले शुक्रबारदेखि थप कडाइ गर्ने प्रहरीले बताएकाे छ ।

उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञाको पहिलो दिन धेरैले उल्लंघन गरेका थिए । नयाँ बानेश्वर, कलंकी, थापाथली, सहिदगेट, महाराजगन्ज, नागढुंगा, कोटेश्वर, चाबहिललगायतका चोकहरुमा बिहान १० बजे र साँझ पाँच बजेको आसपास ट्राफिक जाम नै भयो ।

शुक्रबारदेखि भने सहरभित्रको निषेधाज्ञामा कडाइ गरिने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार पहिलो दिन भएर सवारीसाधनलाई केही खुकुलो गरिएको भए पनि आजबाट कडाइ गरिनेछ ।

सरकारको निर्देशन कडाइका साथ पालना गराइने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार निषेधाज्ञा उल्लंघन गर्ने सर्वसाधारणलाई कारबाही गरिनेछ ।

सरकारले तोकेका सवारीसाधनको आउजाउमा मात्रै छुट हुनेछ । अत्यावश्यकबाहेक काठमाडौं प्रवेशमा प्रायः रोक लगाइएको छ । पास वितरणमा पनि कडाइ गर्ने तयारी छ। स्थानीय प्रशासनहरूले सरकारी सवारी साधनमा जोरबिजोर लगाउने तयारी गरेका छन्।

यसका साथै काठमाडौं प्रवेश गर्ने सार्वजनिक सवारी साधनले पनि अनुमति पाउने छैनन्। राजधानीमा रात्रि बसहरु नपठाउन सम्बन्धित जिल्लालाई पत्राचार गरिएको प्रशासनले जनाएकाे छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID