आज करवा चौथ पर्व मधेसी समुदायले धुमधामका साथ मनाईदै, के हो करवा चौथ?

गणतन्त्रनेपाल समाचारदाता

गढवा, ४ कार्तिक । आज करवा चौथ पर्व मधेसी समुदायले धुमधामका साथ मनाउदै छन् । हिंदू संस्कृतिमा बिवाहित महिलाहरुका लागि करवा चौथ पर्वले विशेष महत्व राख्दछ । पति पत्नीको प्रेम र समर्पणको प्रतीक करवा चौथको पर्व कार्तिक मासको कृष्ण पक्षको चतुर्थीका दिन बडो उत्साह उमंगले मनाइने गरिन्छ ।

विवाहित महिलाहरु श्रीमानको दीर्घायु, सुखद दांपत्य जीवनका कामनाका लागि करवा चौथको व्रत बस्ने गर्दछन् । यस दिन महिलाहरु केही नखाई (निर्जला) दिनभर व्रत बस्ने गर्छन् । पति पत्नीको सम्बन्धमा माया, स्नेह, आस्था समर्पण एवं विश्वासलाई तथा प्रगाढ़ गर्नेवाला यो पर्व तिनको दांपत्य जीवनलाई स्थायित्व प्रदान गर्छ । यही कारण छ कि सदियौदेखि चल्दै आएको छ । यस परंपरालाई आजपनि बडो श्रद्धा व विश्वासले निभाउने गरिन्छ ।

करवा चौठब्रत

कात्तिक महिनाको कृष्ण पक्ष चतुर्थीको दिन करवा चौथ मनाइन्छ। बिहान सूर्योदयभन्दा पहिले करिब ४ बजेपछि सुरु हुने व्रत राति चन्द्रमाको दर्शनपछि समाप्त हुन्छ। अधिकांश बिबाहित महिलाहरुले निराहार ब्रत बसी पुजापाठ गर्ने गरेको पाईन्छ।

श्रीमानको दीर्घायु एवं अखण्ड सौभाग्य प्राप्तिका लागि भालचन्द्र गणेशको पूजा गरिन्छ। यो व्रत १२ वर्ष वा १६ वर्षसम्म गरिन्छ। कतिपय महिलाहरुले आजीवन पनि यो व्रत गर्ने गरेको पाईन्छ।

करवा चौथमा चाल्नो को महत्व निकै छ। बिना चाल्नोको यो व्रत पूरा हुँदैन। करवा चौथ गर्ने महिलाले चाल्नो(चलनी) मा दियो बाली चन्द्रमालाई हेरेपछि आफ्नो श्रीमानलाई हेर्ने गर्छन्।

धार्मिक मान्यता अनुसार चन्द्रमालाई भगवान ब्रह्माको प्रतिक मानिन्छ। चन्द्रमालाई प्रेमको प्रतिक पनि मानिन्छ। र, चन्द्रमाको आयु लामो हुन्छ। त्यसकारण चलनीले चन्द्रमालाई हेरेपछि महिलाहरुले आफ्नो श्रीमानलाई चालनीमा हेर्ने गर्छन्, ताकि पतिको पनि लामो आयु होस्। विवाहित महिलाहरुले मात्र गर्ने यो व्रत बस्ने र पुजापाठ गर्ने गरेको पाईन्छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID