देउखुरीको राप्ती नदीमा हाम फालेर युवक बेपत्ता, खोजगर्दै प्रहरी

आलोक भावुक

गढवा,२१ असोज । गढवामा एक युवक राप्ती नदीमा हाम फालेर बेपत्ता भएका छन् ।

ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीका अनुसार सोमबार बिहान करिब ८ बजेतिर राप्ती गाउँपालिका वडा नम्बर ७ अनन्तपुरवा बस्ने ३२ बर्षिय आशाराम चौधरी राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्तीपुलबाट राप्ती नदीमा हाम फालेका हुन्।

प्रहरीका अनुसार चौधरी राप्ती पुलबाट हाम फालेको देखेपछी उनका भाईले प्रहरी लाई खबर गरेका थिए ।

जानकारी पाए लगत्तै खोजीकार्य सुरु गरे पनि यो समाचार तयार पर्दा सम्म फेला नपरेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनुभयो।

उनको घरका परिवारका सदस्यहरुसँग बुझ्दा पनि हाम फाल्नुको कारण नखुलेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID