नेपाल सरकार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गढवा गाउँपालिका बाट खसिबाेका खरिद गर्दै

आलोक भावुक

गढवा, १७ असोज । गढवा गाउँपालिकाले कृषि तथा पशुबस्तुको बजारीकरणको लागि पहल सुरु गरेको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको पहलमा नेपाल सरकार खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुख्य शाखा कार्यालय तुलसीपुर दाङका प्रमुख तिलक सुनारसंग शुक्रबार छलफल भएको छ। छलफल पछी समन्वय सहकार्य गरेर खसीबोकाको बजारीकरणमा सहयोग गर्ने प्रमुख सुनारले बताउनु भएको छ ।

दुईपक्षबिच भएको छलफलमा यसै आर्थिक वर्ष २०८१/०८२ देखी एक सय खसिबाेका धान र मसुरो खरिद गर्ने सहमति भएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो ।
असोज १९ गते शनिबार नवनिर्मित गढवा कृषि उपज संकलन केन्द्रबाट एक सय खसिबाेका खरिद गर्ने कार्यक्रम तय भएको गढवा गाउपालिका भिटा परियोजना कार्यक्रम संयोजक बसन्त कुमार शर्माले जानकारी दिनुभयो।
छलफलमा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्याल, भिटा परियोजनाका कार्यक्रम संयोजक बसन्त कुमार शर्मा र नेपाल सरकार खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुख्य शाखा कार्यालय तुलसीपुर दाङका प्रमुख तिलक सुनार लगायतको सहभागिता रहेको थियो।

मा प्रकाशित