
गढवा, १५ असोज । दाङ देउखुरीको गढवा गाउँपालिकामा डेंगु रोकथाम तथा नियन्त्रणका लागि ‘लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान’ सुरु गरिएको छ । पछिल्लो समयमा गाउँपालिका, जिल्ला हुदै देशैभरी डेंगुका बिरामी बढ्न थालेपछि गढवा गाउँपालिकाले रोकथामका लागि लार्भा खोजेर नष्ट गर्ने अभियान चलाइएको हो।
बजारको बिभिन्न ठाउँमा सचेतना अभियान पछी गढवा बजारको मुख्य चोकमा भएको कोण सभामा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न नदिन र निरन्तर सरसफाइमा ध्यान दिनु पर्ने बताउनुभयो।डेंगु भाइरसद्वारा सङ्क्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले डेंगु सर्ने र सफा पानी जमेको स्थानमा फुल पार्ने भएकोले विशेषगरी वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गमला, पानीका ट्ङ्याकी आदिमा पानी जम्न दिन नहुने बताउनु भयो।
गढवा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्याल, ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले, ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापा, ६ नम्बर वडासदस्यहरु दिनामणी आचार्य, मानु कुमाल, मोतिसरा बिक, गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरी, इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्की, गढवा स्वास्थ्य चौकीका प्रमुख सुर्य नारायण यादव, तथा अन्य स्वास्थ्यकर्मी, प्रहरी जवान, गढवा उद्योग बाणिज्य संघका प्रतिनिधि, होटल व्यवसायी संघका प्रतिनिधि, महिला स्वास्थ्य स्वयं सेविका, स्थानीय संघ संस्था, पत्रकार लगाएतकाको सहभागिता रहेको थियो ।

Post Views: 0
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']




