गढवामा थारु समुदायको लोपोन्मुख ढक्हेर प्रथा सम्बन्धी बृतचित्र निर्माण हुदै

आलोक भावुक

गढवा, १४ असोज। गढवा गाउँपालिकाको आर्थिक सहयोग लोपोन्मुख ढक्हेर सम्बन्धी बृतचित्र निर्माण कार्य आजदेखि गढवामा सुरु भएको छ।

बृतचित्र निर्माणको उद्घाटन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले थारु समुदायमा परम्परागत रुपमा चल्दै आएको ढक्हेर ढाक बजाउने प्रथा लोपोन्मुख रहेकोले यसलाई आउने पुस्ताको लागि इतिहास रहोस् भनेर बृतचित्र निर्माण गर्न लागेको बताउनुभयो। लोपोन्मुख परम्परा लाई संरक्षण सम्बर्धन गर्ने दायित्व रहेकोले लोपोन्मुख ढक्हेरको बारेमा बृहत रुपमा खोज अनुसन्धान गरेर जस्ताको त्यस्तै बृतचित्र निर्माण गरिने बताउनु भयो ।थारु कल्याणकारीको अगुवाइमा ढक्हेर परम्परा लाई जिवित राख्नको लागि बृतचित्र निर्माणमा सहयोग गरेको बताउनु भयो।

त्यसैगरी उद्घाटन कार्यक्रममा बोल्दै अनुसन्धानकर्ता उदयराज आलेले थारु कल्याणकारी सभा क्षेत्रीय समिति देउखुरीको अगुवाइमा समन्वय गरेर बृतचित्र निर्माण कार्य अघि बढाएको बताउनुभयो। लोपोन्मुख परम्परा लाई ढक्हेर लाई जोगाउने बारे बृहत छलफल पश्चात बृतचित्र निर्माण गर्न थालेको बताउनुभयो। थारु भाषामा मात्र नभई अंग्रेजी र नेपाली भाषा समेत बृतचित्र निर्माण गर्ने थप सहयोग पुग्ने बताउनुभयो। थारु समुदायले गर्ने महत्वपूर्ण कामको रुपमा यो कार्य रहेको बताउदै खोजकर्ता आलेले लोपोन्मुख जाती कुसुन्डा बनकरिया जस्तै यो ढक्हेर पनि रहेको भन्दै पछिल्लो समयमा लय तालमा ढक्हेर गाउन शब्द उच्चारण गर्ने पात्र पाउन मुस्किल रहेकोले यसलाई बृतचित्र मार्फत ढक्हेर प्रथालाई बचाउनु पर्ने बताउनुभयो।

थारु कल्याणकारी क्षेत्र नम्बर १ का सभापति प्रकाश चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा बृतचित्र निर्माण कार्य समितिका पदाधिकारी, सल्लाहकार, पत्रकार, गुरवा, गाउका समाजसेवी बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियोे।

थारु कल्याणकारी क्षेत्रीय समिति देउखुरीको बरिष्ठ उपाध्यक्ष गोकुल चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण थारु कल्याणकारी क्षेत्रीय समिति देउखुरीका सहसचिव कर्कट चौधरीले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID