गढवा, ३ असोज। संविधान दिवसको अवसरमा आज गढवा दिप प्रज्वलन गरिएको छ । गढवा गाउँपालिका र गढवा गाउँपालिका वडा नम्बर ६ को आयोजनामा छुट्टा छुट्टै रुपमा दिप प्रज्वलन कार्यक्रम गरिएको हो ।
गढवा गाउँपालिकाको आयोजना गढवा गाउँपालिकाको कार्यालय परिसरमा दिप प्रज्वलन गरिएको थियो। त्यसैगरी गढवा गाउँपालिका वडा नम्बर ६ को आयोजनामा गढवा बजारको मुख्य चोकमा दिप प्रज्वलन कार्यक्रममा गरिएको हो ।
दिप प्रज्वलन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका कार्यबाहक अध्यक्ष शारदा कुमारी चौधरीकोले आजभन्दा ९ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको बताउदै आजको दिन हजारौँ हजार नेपाली जनताको त्याग र बलिदानको जगमा ऐतिहसिक रुपमा संविधान निर्माण भएको एंतिहासिक दिन भएको बताउनुभयो।
संविधानसभाबाट जनताको प्रतिनिधिले संविधान निर्माण गर्नु सामान्य कुरा थिएन । यो नेपालको राजनीतिक परिवर्तनको दृष्ट्रिले मात्रै होइन, संविधानमा उल्लेख भएका कतिपय प्रावधानहरुका कारण यो संविधान उत्कृष्ट र ऐतिहासिक छ-कार्यबाहक गाउँपालिका अध्यक्ष शारदा कुमारी चौधरीले बताउनुभयो। लामो संघर्ष र नेपाली जनताको त्याग र बलिदानको प्रतिफलका रुपमा वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान प्राप्त भएकाले सबैले खुसीयाली मनाउनु पर्ने बताउनुभयो।
त्यसैगरी दिप प्रज्वलन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष विर बहादुर आले मगरले संविधानले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत मात्र नगरेको भन्दै समानुपातिक, समावेशी, मौलिक हक, पहिचान र अधिकार लगायतका विषयमा अग्रगामी भएको बताउनुभयो। वि.स. २०७२ साल असोज ३ गतेको संविधानका लागि जीवन उत्सर्ग गर्ने महान् सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्गता भएका योद्धाहरुप्रति उच्च सम्मान प्रकट गर्दै संविधान दिवस २०८१ को अवसरमा सम्पूर्णमा शुभकामना समेत दिनु भयो।
दिप प्रज्वलन कार्यक्रममा गढवा गाउँपालिकाका कार्यबाहक अध्यक्ष शारदा कुमारी चौधरी, वडा नम्बर ६ का वडाध्यक्ष विर बहादुर आले मगर,इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्की, वडासदस्यहरु दिनामणी आचार्य, गोबिन्द रोका, मानु कुमाल, गढवा गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत कैलास चन्द्र चौधरी, समाजसेवी रामप्रसाद गैरे, गढवा गाउँपालिका भिटा परियोजनाका कार्यक्रम संयोजक बसन्त कुमार शर्मा, प्रहरी जवान स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका भिटा परियोजनाका कार्यक्रम संयोजक बसन्त कुमार शर्माले गर्नुभएको थियो।