
दाङ, ३ घोराही–लमही सडकखण्डको बेलदमारमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
ज्यान जानेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका- नवलपुर बस्ने २२ वर्षीय श्रवण कुमार पुन र मोटरसाइकल पछाडी सवार घोराही उपमहानगरपालिका- ४ बस्ने २१ वर्षीय विनोद केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राम प्रसाद तिमिल्सिनाले जानकारी दिनु भयो ।
लमहीबाट घोराहीतर्फ जाँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकलमा सवार उनीहरु आज बिहान करिब सवा सात बजे लमही नगरपालिका–६ बेलदमारमा दुर्घटनामा परेका थिए ।
मुख र टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनीहरुलाई प्रहरीले लमही अस्पतालमा उपचारका लागि पुर्याएको थियो । लमही अस्पताल पुर्याए लगत्तै चिकित्सकहरुले मृत्यु भएको पुष्टि गरेका थिए । अहिले मृतकहरुको शव लमही अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।
मा प्रकाशित
