गढवा गाउँपालिकाले मोतिबिन्दु भएका पालिकाबासीको निशुल्क शल्यक्रिया गराउदै

आलोक भावुक

गढवा, ३१ भदौ। दाङ देउखुरीको गढवा गाउँपालिकाले मोतिबिन्दु भएका पालिकाबासीहरुको निशुल्क शल्यक्रिया गराउने कार्य सुरु गरेको छ । गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल नेत्र ज्योति संघ लमही दाङको प्राविधिक सहयोगमा उज्यालो अभियान साझेदारी कार्यक्रम मार्फत गाउँपालिका भरी नै निशुल्क आँखा चेकजाँच कार्यक्रम सुरु गरेको छ ।

निशुल्क आँखा चेकजाँच शिविरबाट छनौट भएका मोतिबिन्दु भएका बिरामीहरूको निशुल्क शल्यक्रिया भैरेहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो । नेपाल नेत्रज्योति संघ, आंखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित लमही आँखा अस्पतालमा सिलोन सेन्टर कोरियाको ५० प्रतिशत सहयोग र गढवा गाउँपालिकाअओ ५० प्रतिशत सहयोगमा PHACO प्रविधिबाट मोतिबिन्दु भएकाहरुको निशुल्क शल्यक्रिया कार्यक्रम अघि बढेको गढवा गाउँपालिका अध्यक्ष पोख्रेलले जानकारी दिनु भयो । मानव शरिरको महत्वपुर्ण अंग आँखा भएकाले आखाको संरक्षणमा ध्यान दिनुपर्ने बताउदै अध्यक्ष पोख्रेलले वृद्ध अवस्थामा धमिलो आँखा देख्ने तथा आँखा नै नदेख्नेलाई निशुल्क अप्रेशन गरि आँखा उपचार गरिने उज्यालो अभियान साझेदारी कार्यक्रम सुरु गरेको बताउनु भयो । पालिकाबासीमा आंखा सम्बन्धी कुनैपनि समस्या नहोस् भन्ने उद्देश्यले दुई बर्षदेखी गढवा गाउँपालिकाले उज्यालो कार्यक्रम अन्तर्गत कार्यक्रम अघि बढाएको बताउनुभयो।

हाल सम्म गढवा गाउँपालिका वडा नम्बर ६ मा २ सम ६१ जनाको आँखा चेकजाँच गर्दा ५८ जना मोतिबिन्दु भएका बिरामीहरूको निशुल्क शल्यक्रिया मेसिन मार्फत गरिएको छ। भने अन्य लाई अवस्था हेरेर औषधी तथा चस्मा वितरण गरिएको लमही आँखा अस्पतालकी नेत्र सहायक श्रृजना खनालले जानकारी दिनुभयो।

त्यसैगरी वडा नम्बर ५ मा सञ्चालन भएको निशुल्क आँखा चेकजाँच शिविरमा १ सय ८६ जनाको आंखा चेकजाँच गरिएको छ।जस मध्ये २१ जना मोतिबिन्दु भएका बिरामीहरु भेटिएको नेत्र सहायक विमल अधिकारीले जानकारी दिनुभयो। त्यसैगरी वडा नम्बर ३ मा सञ्चालन भएको निशुल्क आँखा चेकजाँच शिविरबाट कुल १ सय ७ जनाअओ आंखा चेकजाँच गरिएको हो । जसमध्ये १५ जनाको मोतिबिन्दु भएका  बताईएको छ।

त्यसैगरी मंगलवार गढवा गाउँपालिका वडा नम्बर २ पचहियामा सञ्चालन भएको निशुल्क आँखा चेकजाँच शिविरमा १ सय ८३ जनाको आंखा चेकजाँच गरिएको छ । जस मध्ये १९ जना मोतिबिन्दु भएका बिरामीहरु रहेको  लमही आँखा अस्पतालका नेत्र सहायक समिक्षा सत्गौवांले जानकारी दिनु भयो । शल्यक्रिया गर्नुपर्ने विरामीहरूको नामदर्ता, ल्याबटेस्ट, फिजिशियन शुल्क भने बिरामीहरु आफैले व्यहोर्नुपर्ने छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID