माओवादीबाट नेताहरू जनार्दन शर्मा र पम्फा भुसाल सरकारमा सहभागी हुँदै

गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २८ असार 

नेकपा माओवादी केन्द्रले नेताहरु जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा पठाउने निर्णय गरेको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काँग्रेस सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेपछि माओवादीका तर्फबाट दुई मन्त्रीको टुंगो लागेको हो ।

नेता शर्माले अर्थ मन्त्रालय र नेतृ भुसालले उर्जा मन्त्रालयमा नेतृत्व गर्ने बताइएको छ । आजै देउवाको शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयमा राखिएको छ भने त्यसलगत्तै मन्त्रीहरुको पनि शपथ हुनेछ ।

मा प्रकाशित