आर्थिक सहयोग गरेर बच्चा बचाई दिन आमाको अनुरोध

आलोक भावुक

गढवा, २९ साउन। भनिन्छ “प्रशंसा गर्ने ओठहरू भन्दा सेवा गर्ने हातहरू महान हुन्” अनि “मानव सेवा नै माधव सेवा हो।”दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ सेमरी निवासी बुवा रामकुमार चौधरी र आमा बिनु चौधरीको पहिलो सन्तान रुपमा छोरीको जन्म भयो।
सात महिनाको गर्भपछी छोरीलाई जन्म दिएपछी छोरीको तौल सामान्य भन्दा कम तौल हुनु त स्वाभाविक नै हो। त्यसमा पनि अक्सिजनको मात्रा कम देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एन आई सि यु मा भर्ना गरिएको छ । पारिवारिक स्रोतले दिएअओ जानकारी अनुसार बच्चाको स्वास्थ्य अवस्था सामान्य छ। अक्सिजन आवश्यक छ तत्काल घर नलैजान अस्पतालले भनेको छ आमा बिनु चौधरीले भन्नु भयो ।
तर आफुहरु संग मज्दुरि गरेर जिबिकोपार्जन गर्दै आएकोले २४ दिनको सानो बच्चा लाई अस्पतालमा राखेर उपचार गर्ने क्षमता नभएको आमा बिनु चौधरीले बताउनु हुन्छ। र आमा बिनु चौधरीले सहयोग गरेर उपचार खर्च जुटाईदिन सबैमा अनुरोध समेत गर्नु भएको छ।
बैक खाता समेत नभएको अवस्थामा अहिले पत्रकार तथा गढवा गाउँपालिकाका प्रेस संयोजक आलोक भावुकको पहलमा आर्थिक सहयोग संकलन भैररहेको छ। सहयोगका लागि मोबाईल नम्बर ९८२३५७५२०८ मा सम्पर्क गरेर सहयोग गर्न सकिने बताईएको छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID