डुबान क्षेत्रका स्थानीयलाई उद्दार गर्दै गढवा गाउँपालिका

उद्धारमा जनप्रतिनिधि र प्रहरीको सक्रियता

आलोक भावुक

गढवा, २२ असार। दुई दिन देखि भैरहेको अबिरल बर्षाका कारण जनजीवन कष्टकर बनेको छ। लगातार बर्षाका कारण राप्ती नदीमा आएको बाढीले गढवा गाउँपालिकाका बिभिन्न गाउहरु डुबान गरेको छ ।

हरेक बर्ष ढुबान हुने गढवा गाउँपालिका वडा नम्बर ५ तकियापूरका स्थानीयहरु सनिवार गढवा गाउपालिका जनप्रतिनिधि र ईलाका प्रहरी कार्यालय गढवाका प्रहरीको टिमले उद्दार गरी सुरक्षित स्थानमा राखिएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो ।

वर्षातका कार्यक्रम तकियापूरका १३ घरपरिवार अति जोखिममा रहेका छन्। त्यसैगरी वडा नम्बर ७ का केही गाई पनि उच्च जोखिममा रहेका छन्। शनिबार राप्ती नदिमा आएको बाढीले तकियापूर गाउलाई चारैतिर बाट घेरेपछी गढवा गाउँपालिका वडा नम्बर ५का वडाध्यक्ष लेख बहादुर थापा इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीको नेतृत्वमा खटिएको टिमले ९ जना बृद्ध बृद्धाहरु लाई सुरक्षित उद्धार गरी क्रियटिङ पोसिबिलिटिज नेपालको सभाहलमा राखिएको छ । भने वडा नम्बर ७ का लागि जनता माध्यमिक विद्यालय गढवामा राख्ने बताईएको छ।

अवस्था सामान्य नहुँदा सम्म खाने बस्ने व्यवस्थापन गाउपालिकाले नै गर्छ-गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनुभयो ।हामी सबै वडामा बिपद् प्रतिकार्यकालागी दक्ष जनशक्तिहरु लाई तयारी अवस्थामा राखेका छौ, आवश्यकता अनुसार परिचान गरी उद्धार र बचाव कार्यमा लाग्ने छौ – अध्यक्ष पोख्रेलले भन्नु भयो। बाढी प्रभावित क्षेत्रका बासीहरुलाई सुरक्षित ठाउंमा ल्याउने पहिलो प्रथामिक्तामा राखेर काम गरेका छौ अध्यक्ष पोख्रेलले भन्नु भयो । सनिवार तकियापूरबाट ९ जनालाई उद्धार गरिएको छ। भने अन्य केही गाउबाट आवश्यक परे उद्दार गर्ने गरी तयारी गरेका छौ अध्यक्ष पोख्रेलले बताउनु भयो ।

त्यसैगरी उद्धारमा खटिनु भएका गढवा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लेखबहादुर थापाले आफु दिनरात बाढीको अवस्था बारे अपडेट भैरहेको बताउनुभयो। मेरो वडाका केही गाउँहरु बाढी प्रभावित छन् ति गाउका गाउबासीहरुलाई कसरी सुरक्षित ठाउँमा पुर्‍याउने बारे बिशेष ध्यान दिएको बताउनुभयो। गढवा गाउँपालिका वडा नम्बर ५ को लोखरपुर, तकियापूर बोधीपुर लगायतका केही अन्य गाउहरु बाढी प्रभावित गाउहरुमा पर्छन्।

त्यसैगरी बिपद्को समयमा नागरिक सकुसल उद्दार नै आफुहरुको पहिलो कार्य भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले बताउनुभयो। बाढी पहिरो लगायतको बिपद्का घटनाका लागि इलाका प्रहरी कार्यालय गढवाले टिमलाई २४ सै घण्टा अलर्ट अवस्था राखेको बताउनुभयो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID