लमहीका नगरपालिका मेयर सवार गाडी डुबानमा

गणतन्त्रनेपाल समाचारदात

दाङ २२ असार। : दाङको लमही नगरपालिकाका मेयर चढेको गाडी डुबानमा परेको छ । रा १ झ १४६ नम्बरको स्कारपियो तेलियाको गंगटे खहरे खोला तर्ने क्रममा डुबानमा परेको हो ।

लमही नगरपालिका-९ तेलियास्थित हालै निर्माण गरिएको कच्ची ड्याम फुटेको खबर पाएपछि मेयर जोगराज चौधरी नेतृत्वको टोली तेलिया गाउँ पुगेको थियो ।

गाउँबाट क्षतिको विवरण संकलन गरेर फर्किने क्रममा तेलियाको गंगटे खहरे खोलामा स्कारपियो डुबेको हो ।

खोलामा पानीको बहाब धेरै भएकाले आधा बढी भाग डुबेको छ । गाडीमा सवार सबै सकुशल रहेको जनाइएको छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID