गढवा गाउँपालिकाद्वारा मुक्त कम्लहरी, बिपन्न, अपाङ्ग र असाहायहरुलाई सुङ्गुरको पाठापाठी वितरण

आलोक भावुक

गढवा, १० असार। गढवा गाउँपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखाको चालु आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रम अनुसार आज सोमबार गढवा गाउँपालिका वडा नम्बर ५ ६ र ७ का ३७ जना मुक्त कम्लहरी, बिपन्न, अपाङ्ग र असाहायहरुलाई सुङ्गुरको पाठापाठी वितरण गरिएको छ ।
सुङ्गुरको पाठापाठी वितरण गर्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले मुक्त कम्लहरी, बिपन्न, अपाङ्ग र असाहायहरुको सहज जिवनयापनका लागि आत्मनिर्भर बन्न थोरै भए पनि सहजहुने भन्दै उन्नत जात सुङ्गुरको पाठापाठी वितरण गरिएको बताउनु भयो ।

व्यावसायिकरूपमा “बङ्गुरपालन गरिरहेका किसान, मुक्त कम्लहरी, बिपन्न, अपाङ्ग र असाहायहरुलाई सघाउने पालिकाको उद्देश्य हो – अध्यक्ष पोख्रेलले भन्नु भयो ” बङ्गुरपालन सहज र मासु खपत पनि राम्रो रहेकाले अपाङ्गता भएका, मुक्तकम्लहरी, बिपन्न, असहाय किसानले घरमै बसेर आम्दानी गर्न सकिने व्यवसाय हो त्यसैले कृषि तथा पशुपालनमा आबद्ध किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले सुङ्गुरको पाठापाठी वितरण कार्यक्रम गरिएको बताउनु भयो।
सुङ्गुरको पाठापाठी वितरण कार्यक्रममा गढवा गाउँपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखाका अधिकृत खेम बहादुर चौधरी, अन्नतराज रेग्मी, पशु स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID