गढवा गाउँपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा 

आलोक भावुक

गढवा, १० असार । दाङको गढवा गाउँपालिकालाई आइतबार एक कार्यक्रमका बीच पुर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । खोपको सवै मापदण्ड पुरा गरेपछि गढवा गाउँपालिकालाई पुर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो ।

गढवा गाउँपालिकाका अध्यक्ष तथा पालिका स्तरीय खोप समन्वय समितिका संयोजक यमनारायण शर्मा पोख्रेलको अध्यक्षता एवम् जिल्ला समन्वय समिति दाङका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक नित्यानन्द शर्माको प्रमुख आतिथ्यता तथा गाउपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति दाङका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक नित्यानन्द शर्माले खोप नेपाल सरकारको पहिलो प्रथामिक्ताको पहिलो कार्यक्रम भएको बताउदै देशका कोहीपनि जनता रोगी नहोउन भन्ने मान्यताका साथ बच्चा जन्मिने बित्तिकै १५ महिना भित्रमा १३ प्रकारका औषधिहरु खोपको माध्यम बाट दिने गरेको बताउनु भयो। खोप सेवा भित्रको पुर्णखोप सेवा प्रमुख भएको बताउनुभयो। गढवा गाउँपालिका र स्वास्थ्य शाखाले समयमा सतप्रतिशत पुर्ण खोप सुनिश्चितता गर्न सफल भएको भन्दै धन्यवाद समेत दिनु भयो ।

त्यसैगरी पुर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका अध्यक्ष तथा पालिका स्तरीय खोप समन्वय समितिका संयोजक यमनारायण शर्मा पोख्रेलले पुर्ण खोप सुनिश्चितता नहुदा ठुलो मात्रामा रोग लाग्ने गरेको बताउदै पुर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गर्न सुरु भए देखी स्वास्थ्य क्षेत्रमा देखीएको परिवर्तन सरहनीय भएको बताउनुभयो। घोषणा गर्दै गर्दा पनि यदी कतै छुटेका छन् भने खोजेर खोपको दायरामा ल्याउनै पर्ने बताउनुभयो। कागजमा मात्र नभएर व्यवहारमा नै पुर्ण खोप सुनिश्चितता हुन जरुरी रहेको बताउनुभयो। पुर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा कार्यक्रममा सतप्रतिशत खोप सुनिश्चित भएको जानकारी पाउदा खुसी लागेको बताउदै सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिनु भयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्यले पुर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा कार्यक्रमलाई आफुले गरेको कामको खुसीयाली मनाईने पर्वको रुपमा मनाउनु पर्ने बताउनुभयो । खोप सुनिश्चितता सबै बालबालिकाको अधिकार भएको बताउदै खोप सेवा स्थानीय तहको बिशेष जिम्मेवारी भएको बताउनुभयो। पुर्ण खोप भनेको राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्र पुरा गरे पुर्ण खोप मान्ने गरेको बताउनु भयो ।पुर्ण खोप सुनिश्चितताका लागि कम्तीमा ९५ प्रतिशत खोप लगाएको हुन पर्ने बताउदै गढवा गाउँपालिका मा १०० प्रतिशत खोप लगाएको बताउनु भयो । नेपालको कुल ८० प्रतिशत खोप लगाएको तथ्याङ्क सार्वजनिक भएको बताउदै छुटेकाहरुको खोज र पहिचान गरी पुर्ण खोप लगाउनु पर्ने सुझाव दिनु भयो ।

कार्यक्रममा ५ नम्वर वडाअध्यक्ष लेख बहादुरथापा, कार्यपालिका सदस्य चन्द्रा केसी, गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुक, जिल्ला विकास समितिका प्रमुखका स्वकिय सचिव खेमराज रिजाल,स्वास्थ्य संस्थाका प्रमुख तथा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयं सेविका लगायतको सहभागिता रहेको थियो।

गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण गढवा स्वास्थ्य चौकीका प्रमुख सुर्य नारायण यादवले गर्नुभएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID