गढवाको वडा नं. १ मलमलामा न्यायिक घुम्ती इजालास कार्यक्रम सम्पन्न

आलोक भावुक

गढवा, ६ असार। गढवा गाउँपालिका न्यायिक समितिको आयोजनामा आज बिहिबार गढवा गाउँपालिका वडा नम्बर १ मलमलामा न्यायिक घुम्ती इजालास कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै १ नम्बर वडाका वडाध्यक्ष बाबुराम अधिकारीले गढवा गाउँपालिकाले विभिन्न ठाउँमा बिशेष गरी बिकट दुर्गम ठाउँमा पुगेर न्यायिक घुम्ती इजालास कार्यक्रमले आफु अत्यन्त खुसी भएको बताउनुभयो। गाउबस्तीमा कानुनको बारेमा शुन्य जानकारी हुने व्यक्तिहरु सम्म यो न्यायिक इजालास कार्यक्रम पुर्याउन आवश्यक रहेको र पालिकाले त्यै गरेको जानकारी समेत दिनुभयो। समाजमा घट्ने अपराधीक घटनाहरु, हिंसाका घटनाहरु, लागु औषध ओसारपसार एवम् प्रयोगका घटनाहरु गरेपछी के कस्ता कानुनहरु बनेका छन् के कस्ता सजायहरु कानुनमा लेखिएको छ भन्ने कुरा आम सर्वसाधारण लाई बुझाउन यो न्यायिक घुम्ती इजालास कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो। गाउघरमा कानुनको बारेमा जानकारी नहुदा केही घटनाहरु जान र केही अञ्जानमा हुन्छन् र जस्ले गर्दा कानुनी ज्ञान नभएर जिवन नै तहसनहस हुने हुनाले कानुनको बारेमा सामान्य जानकारी सबै ठाउँमा दिन आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा सिकेका कुराहरु लगेर गाई समाज टोल छरछिमेकमा जानकारी गराउन सबैमा अनुरोध समेत गर्नु भयो।

गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारीको अध्यक्षतामा भएको न्यायिक घुम्ती इजालास कार्यक्रम वडा नम्बर १ का जनप्रतिनिधि, सामुदायिक मेलमिलापकर्ताहरु, समाजका अगहरिया, अग्रज व्यक्ती, शिक्षक, संघ संस्थाका अगुवा लगायतको सहभागिता रहेको थियो।

न्यायिक घुम्ती इजालास कार्यक्रमको सहजीकरण गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुकले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID