जेष्ठ, ३२ जेठ। बढ्दो गर्मीका कारण दाङ देउखुरीको गढवा गाउँपालिकाले सबै विद्यालयहरु थप दुई दिन बन्द गर्ने निर्णय गरेको छ ।
अत्यधिक गर्मीका कारण गढवा गाउँपालिकाभित्रका सबै भित्रका सार्वजनिक तथा निजी विद्यालय दुई दिन बन्द हुने भएका छन् । गर्मीले जनजीवन प्रभावित भएपछि गढवा गाउँपालिकाले थप दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
गढवा गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दै २०८१ असार २ र ३ गते सबै विद्यालयहरु बन्द गर्ने गर्ने निर्णय गरिएको जनाएको छ ।
‘अत्यधिक गर्मीका कारण विद्यार्थी बिरामी पर्ने तथा पठनपाठनमा असहजता भएकाले केही समय विद्यालय बन्द गर्न जनप्रतिनिधि, विद्यालय तथा अभिभावकबाट अनुरोध आएकाले वर्षे बिदाबाट कट्टी हुनेगरी विद्यालय बन्द रहने व्यहोरा अनुरोध छ’, सूचनामा भनिएको छ ।
गर्मी बढेपछी गाउँपालिकाले २०८१ जेठ ३० गतेदेखि जेठ ३२ गते समम सबै विद्यालय बन्द गर्ने गरेको थियो तर मौसममा सुधार नदेखिएकाले वार्षिक बिदाबाट कटौती हुनेगरी असार २ र ३ गते सम्म बिदा थप गरिएको सूचना मार्फत जानकारी गराईएको छ।