गढवामा श्रीमानद्वारा तरकारी पकाउने कराही प्रहारबाट श्रीमतीकाे मृत्यु

आलोक भावुक

गढवा, २७ जेष्ठ । दाङ-देउखुरीकाे गढवामा श्रीमानले तरकारी पकाउने कराही प्रहार गर्दा श्रीमतीकाे मृत्यु भएकाे छ । गढवा गाउँपालिका-२, पचहिया निवासी बर्ष २६ का रन्जित चाैधरीले आफ्नै श्रीमती बर्ष २१ की कमला चाैधरीलाई तरकारी पकाउने कराही प्रहार गर्दा मृत्यु भएकाे हाे ।

गत जेष्ठ २४ गते राती करिब ९ बजेकाे समयमा श्रीमान रन्जितले श्रीमती कमलालाई तरकारी पकाउने कराही प्रहार गरी गम्भीर घाइते बनाएकाे र बुटवलकाे क्रमिसन हस्पिटल बुटवलमा उपचारका क्रममा आज बिहान ८ मृत्यु भएकाे इलाका प्रहरी कार्यालय गढवाकी प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनुभयो।

घरायसी बिबाद र मादक पदार्थ सेवनका कारण बाद बिबाद हुँदा श्रीमती माथी तरकारी पकाउने कराही प्रहर गरी घाइते बनाएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ।

श्रीमान रन्जितलाई ईलाका प्रहरी कार्यालय गढवाले आफ्नाे नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भईरहेकाे गढवा प्रहरीले जनाएकाे छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID