लर्ड बुद्व किवानिसको दोश्रो अधिबेशन सम्पन्न 

गणतन्त्रनेपाल समाचारदाता

तुलसीपुर, १७ जेठ । किवानिज क्लब अफ लर्डबुद्द तुलसीपुरको पहिलो अधिबेशन तुलसीपुरमा सम्पन्न भएको छ ।

क्लबका अध्यक्ष वंशि कुमार शर्माको अध्यक्ष तथा लुम्बिनी प्रदेशको एल टि गभर्नर भुपाल रावतको प्रमुख आतिथ्यमा अधिबेशन सम्पन्न भएको छ ।

प्रमुख अतिथि रावतले बालबालिकाको लागि काम गर्ने संस्था भएकोले सामाजिक उत्तरदायी हुन आग्रह गर्नु भएको छ । ´ बालबालिकाको शिक्षा र स्वास्थको लागि तपाईंहरुले गरेको योगदान महत्त्वपूर्ण योगदान छ बन्दै रावतले अब अझै यो २०२४/०२५को नयाँ टिमले अझ शसक्त रुपमा लाग्न आग्रह गरेको गर्नु भएको थियो ।

अधिबेशनले २०२४/०२५का लागि बरिस्ठ उपाध्यक्ष नारायणी रजौरेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्बसम्मत रूपमा चयन भएको छ ।

जसमा बरिष्ट उपाध्यक्षमा दामोदर बस्नेत, सचिवमा प्रेम वहादुर घर्ति मगर, सह-सचिवमा विमल गौतम, कोषाध्यक्षमा शुशिला शाह, सह-कोषाध्यक्षमा लक्ष्मण केसि, सदस्यहरुमा रणेन्द्र विक्रम केसि, वसन्त श्रेष्ठ, रन्जु श्रेष्ठ, निरला गैरे अर्याल, ललीत प्रसाद पोखेल, पदम वहादर वाली क्षेत्री, छविलाल ओलि, हरिभक्त डांगी, चूर्ण बहादुर वली, खमवहादुर बुढा, चुडामणी न्यौपाने, सन्तोष केसी, दिपजंग केसी, भिमसेन केसी, सुनिल न्यौपाने, अनिल कुमार शर्मा, नरेश डाँगी, कृष्ण केसी, गाेबिन्द न्यौपाने, ध्रुवराज न्यौपाने, याम बहादुर डी सी रहनु भएको छ ।

क्लबका सचीव दामोदर बस्नेतको साँगठनिक प्रतिबेदन र कोसाध्यक्ष बसन्त श्रेष्ठको आर्थिक प्रतिबेदन सर्ब सम्मत रुपमा पारित भएको छ ।

वरिष्ठ उपाध्यक्ष नारायणी रजौरेको अधिबेशनको स्वागत मन्तव्य राख्दै सामाजमा अझै पनि धेरै बालबालिकाहरु उचित स्वास्थ र शिक्षाबाट टाढा भएकोले यश तर्फ लाग्नु पर्ने कुरामा जोड दिनु भयो ।

कार्यक्रमको सहजीकरण क्ल्बका सचीव दामोदर बस्नेतले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID