गढवाको कोईलाबासमा कटाईसिलाई तालिम सम्पन्न

आलोक भावुक

गढवा, १५ जेठ। गढवा गाउँपालिका वडा नम्बर ८ कोईलावास एकमहिने कटाई सिलाई तालिम बुधबार सम्पन्न भएको छ।

गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा कोइलाबासका महिलाहरुलाई एकमहिने कटाई सिलाई तालिम दिईएको हो ।

तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले एक महिनामा सिकेको कुराहरु व्यवहारमा उतार्दै कोईलाबासलाई कटाई सिलाईका लागि गढवा बजार जान नपर्ने गरी व्यवसाय सञ्चालन गर्नु पर्ने बताउनुभयो। तालिममा सहभागीहरु व्यवसाय सञ्चालन गरे थप तालिम र टेलर व्यवसायको लागि आवश्यक सहयोग पालिकाबाट गर्ने बताउनु भयो ।

तालिम ८ नम्बर वडा सचिव तुलसा डङ्गोलको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

तालिमको समापन कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID