यादव समाज सेवा संघको निर्वाचनमा ७० प्रतिशत मतदान,आजै मतगणना हुने

आलोक भावुक

गढवा, १० जेठ । यादव समाज सेवा संघ केन्द्रीय समितिको लागि आज भएको मतदानमा ७० प्रतिशत मतदान भएको छ।

यादव समाज सेवा संघको पाँच ठाउँमा मतदान स्थलबाट मतदान सम्पन्न भएको हो । बुथ नं.१ मा वि पचहियामा २ सय ९५ मत मध्य १ सय ५७ मत खसेको छ भने बुथ नं.२ गढवा गंगाप्रसपुर वडा नं. ४को कार्यालयमा ४ सय ६६ मत मध्य ३ सय ५३  मत खसेको छ। त्यसैगरी बुथ नं. ३ जनता मा वि गढवामा ५ सय ४३ मत मध्ये ४ सय १३ मत खसेको छ भने बुथ नं. ४ शंकर मा वि खरदरिया मा १ हजार ३ सय २ मत मध्ये ८ सय ८८ मत खसेको छ। त्यसैगरी बुथ नं. ५ मा वि दुलहियामा १ हजार ६४ मत मध्ये ७ सय ५९ मत खसेको निर्वाचन समिति संयोजक त्रिजोगि यादवले जानकारी दिनु भयो ।

सबै मत पेटिका सङ्कलन गरि नेपाल रेड्क्रस सोसाइटी उपशाखा गढवाको कार्यालयमा कडा सुरक्षाका बिच राखिएको छ। यादव समाज सेवा संघको कुल मतदाता संख्या ३ हजार ६ सय ७० रहेको मध्ये २ हजार ५ सय ७० जनाले मतदान गरेका छन्।

अध्यक्ष पदका लागि हिरालाल यादव, नरेन्द्र यादव, रामप्रताप यादव र रामदास यादव गरी चार जनाले निर्वाचनमा होम्मीएका छन् । त्यसैगरी उपाध्यक्ष पदका लागि छेदी यादव र पञ्चराम यादव, महासचिव पदका लागि मिन्तीराम यादव र रामबरण यादव तथा सचिव पदका लागि एकराज यादव र अनिलकुमार यादवको उम्मेदवारी रहेको निर्वाचन समितिका सदस्य पुष्पा यादवले जानकारी दिनु भयो।

त्यसैगरी ३ जना सदस्य पदका लागि ६ जनाको उम्मेदवारी परेपछि सदस्य पदमा समेत निर्वाचन भएको छ भने कोषाध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन भैसकेको छ।

मा प्रकाशित