गढवामा आईटी स्रोत शिक्षकका लागि सूचना प्रविधि सम्बन्धी तालिम 

आलोक भावुक

गढवा, ६ जेठ। गढवा गाउँपालिका शिक्षा शाखाको आयोजनामा आधारभूत विद्यालय तथा माध्यमिक विद्यालयका IT स्रोत शिक्षकका लागि सूचना प्रविधि सम्बन्धी ५ दिने क्षमता विकास तालिम आइतबार देखि गढवामा सुरु भएको छ ।

५ दिने क्षमता विकास तालिमको उद्घाटन गर्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले अबको युग प्रविधिको युग भएकोले शिक्षालाई प्रविधि संग जोड्न आवश्यक रहेको बताउनुभयो । पछिल्लो पुस्तामा आईटी क्षेत्रमा बढी अपडेट भैरहेको बताउदै पालिका अध्यक्ष पोख्रेलले आवश्यकता अनुसार आधारभूत विद्यालय तथा माध्यमिक विद्यालयका आईटी स्रोत शिक्षकहरुलाई सूचना प्रविधि सम्बन्धी ज्ञान हुन आवश्यक रहेको बताउनुभयो। विद्यालयहरुमा आईटी क्षेत्रमा बिशेष जोड दिने गरी कार्यक्रमहरु निर्माण गर्न सोच बनाएको जानकारी दिनु भयो। अबको शिक्षण सिकाई प्रविधिमैत्री हुन्छ, अन्यथा समय अनुकुल शिक्षा दिन नसकिने बताउनुभयो ।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा सुरु भएको ५ दिने क्षमता विकास तालिममा गढवा गाउँपालिका शिक्षा शाखा प्रमुख श्याम बहादुर बिक, जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार कुमाल, प्रधानाध्यापक राम सुरत यादव, शिक्षा बिज्ञ तथा चेतना विकास फाउण्डेशनका अध्यक्ष कमल सिलवाल लगायतको सहभागिता रहेको थियो।

तालिमको प्रशिक्षकमा शिक्षा बिज्ञ तथा चेतना विकास फाउण्डेशनका अध्यक्ष कमल सिलवाल रहनु भएको छ भने कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख श्याम बहादुर बिकले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID