विपद् पुर्वतयारीका लागि दक्ष जनशक्ति तयार गर्न गढवामा तालिम

आलोक भावुक

गढवा, ५ जेठ। गढवा गाउँपालिकाको आयोजनामा बिपद् प्रतिकार्यकालागी दक्ष जनशक्ति परिचालन गर्नका लागि सञ्चालन भएको ६ दिने तालिमको आज शनिबार गढवामा समापन भएको छ ।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा तथा इलाका प्रहरी कार्यालय गढवा प्रहरी निरीक्षक कालिका कार्कीको बिशेष आतिथ्यमा सम्पन्न भएको हो।

समापन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले तालिम आयोजना गर्नुको प्रमुख कारण दक्ष जनशक्ति तयार गरी आगामी दिनमा विपद् जोखिम न्यूनीकरणमा सहयोग पुग्ने उद्देश्यलेको तालिमको आयोजना गरिएको बताउनु भयो। तालिम प्राप्त टिम भए मात्र बिपद्को समयमा राहत र बचावको काम सफल हुने बताउनु भयो। नेपाल रेड्क्रसको समन्वय सहकार्यमा बिपद जन्य घटनाहुन नदिन पालिका सदैव तम्तयार रहेको बताउनु भयो ।तालिम प्राप्त जनशक्ति लाई बिपद्को समयमा कसरी परिचालन गर्ने भन्ने बारे योजना बनाएर अघि बढ्ने बताउनुभयो। नगर प्रहरी, तालिम प्राप्त जनशक्ति, नेपाल रेड्क्रस सोसाइटी र इलाका प्रहरी कार्यालय संग सहकार्य गरेर बिपद्को घटनामा लाग्ने गरी तयारी गरेको बताउनु भयो। पर्याप्त सामाग्री सहितको टिम अलर्ट अवस्थामा राख्ने गरी तयारी गरेको बताउनु भयो।

६ दिने गाउँपालिका स्तरिय प्रतिकार्य समुह सदस्यहरुको क्षमता विकासका लागि गढवा गाउँपालिकाले आयोजना गरेको समुदायमा आधारित आपतकालिन प्रतिकार्य समुहका सदस्यहरु लाई बिशेष तालिम दिईएको तालिम संयोजक मोहन कुमार पाण्डेले जानकारी दिनुभयो। समापन कार्यक्रममा बोल्दै तालिमका संयोजक मोहन कुमार पाण्डेयले जिल्लामा पहिलो पटक गढवा गाउँपालिकाले ३० जना लाई CBERT तालिम दिएको भन्दै आयोजकलाई धन्यवाद समेत दिनुभयो। ६ दिन तालिममा सिकाएका कुराले बिपद्को समयमा प्रतिकार्य तथा राहत बचावमा ठुलो सहयोग पुग्ने बताउनुभयो। बिपद् प्रतिकार्यमा ठुलो दस्ता आवश्यक पर्ने भएकोले आठ वटै वडामा यस प्रकारको तालिम दिन आवश्यक रहेको बताउनुभयो।

कार्यक्रम बोल्दै नेपाल रेड्क्रस सोसाइटी दाङ शाखाका मन्त्री प्रकाश श्री बन्धुले गढवा गाउँपालिकाले बिपद् प्रतिकार्यका लागि सही समयमा सही र सरहनिय तालिम दिएको बताउनुभयो ।गढवा गाउँपालिकाको नमुना अभ्यास भएको भन्दै वडा स्तरमा पनि तालिमको आयोजना गर्नु पर्ने बताउनुभयो।

तालिम अवधीभर सहभागिहरुलाई आधारभुत खोज तथा उद्धार, प्राथमिक उपचार तथा आपतकालिन स्वास्थ्य लगायतका विषयमा ज्ञान तथा सिप प्रदान गरिनुका साथै प्रत्येक सहभागिहरुलाई व्यक्तिगत सुरक्षाको सामाग्रीहरु, प्राथमिक उपचारका सामाग्रीहरु लगायत खोज तथा उद्धार कार्यमा परिचालन हुन सहयोग पुग्ने सामाग्रीहरु प्राथमिक उपचार सामाग्री सेट, ब्याग प्याक, हेलमेट, डोरी, भिजीबिलीटी टि सर्ट, पञ्जा, म्याट,लगायतका सामाग्रीहरु वितरण गरिएको छ ।साथै सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवाले ३० जना लाई बाल्टी र चर्ट लाईट सहयोग गरेको स्रोत केन्द्रकी अध्यक्ष ओभा पाठकले जानकारी दिनुभयो।

तालिम अवधीभर सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास एवं आज अन्तिम दिन आगलागि सम्बन्धि कृतिम घटना अभ्यास गरि सहभागिहरुलाई व्यवहारिक ज्ञान समेत दिईएको थियो।

तालिममा गढवा गाउँपालिका भित्रका प्रत्येक वडाबाट २ जनाको सहभागिता हुने गरि वडा नं. १ देखि ८ बाट १६ जना, १० जना नगर प्रहरी र ४ जना विभिन्न संघ संस्थाका प्रतिनिधिहरु गरि ३० जनाको सहभागिता रहेको छ ।

समापन कार्यक्रमको सञ्चालन डेभलपमेन्ट कन्सल्टेन्सी एण्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक देवी प्याकुरेलले गर्नु भएको थियो ।

मा प्रकाशित