गढवा गौशाला तथा स्थानीय प्रजातीका गाई संरक्षण केन्द्रबाट गाईको मुत्र बिक्रि सुरु

आलोक भावुक

गढवा, २९ बैशाख । गढवा गौशाला तथा स्थानीय प्रजातीका गाई संरक्षण केन्द्रबाट गाईको मुत्र बिक्रि सुरु सुरु भएको छ। स्थानीयहरुले औषधीको लागि गाई संरक्षण केन्द्रबाट गाईको मुत्र किन्ने गरेको गढवा गौशाला तथा स्थानीय प्रजातीका गाई संरक्षण केन्द्रका व्यवथापक भक्त बहादुर रोकाले जानकारी दिनुभयो।

गाई संरक्षण केन्द्रमा हाल २ सय ७५ गाई र २० बाच्छाबाच्छी रहेका छन्। माग अनुसार गाई मुत्र संकलन गरेर २५ रुपैयाँ प्रति लिटरका दरले बिक्री गरेको गाई संरक्षण केन्द्रका अध्यक्ष जित बहादुर आले मगरले जानकारी दिनुभयो। २०८० बैशाख १ गतेदेखि गाई मुत्र बिक्री सुरु गरीएको अध्यक्ष मगरले जानकारी दिनुभयो। प्रशोधित बिनानै २५ रुपैयाँ प्रति लिटरका दरले बिक्री गरेका छौ, प्रशोधित गरेर बेच्दा एक सय भन्दा बढी मुल्य पर्न सक्ने बताउनुभयो।

गाईबाट संकलित मुत्र प्रशोधन गरि औषधिको रुपमा बिक्रि गर्नका लागि योजना बनाई रहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो । संकलित मुत्रलाई प्रशोधन गरि ग्याष्ट्रिक तथा पेटका अन्य समस्यामा औषधीको रुपमा प्रयोग गर्न सकिने भएकोले गाई मुत्र बारे ठुलो योजना बनाएर बिक्री बितरणका लागि प्रयास गरिरहेको अध्यक्ष पोख्रेलले जानकारी दिनु भयो ।पोख्रेलले गाई संरक्षण केन्द्रलाई राम्रो तरिकाले व्यवस्थापन गर्दै यसलाई रोजगारसँग जोड्ने योजनाका साथ अघि बढेको बताउनुभयो । गाईको संरक्षणसँगै गाईको मल, मुत्रलाई औषधीको रुपमा प्रयोग गर्ने तर्फ आफ्नो ध्यान केन्द्रित भएको बताउदै गाईको महत्व बारेमा सबैलाई बुझाउ आवश्यक रहेको जानकारी समेत दिनुभयो । हामी गाईको मल मुत्र र दुध सबै लाई उपयोग गर्ने र गढवामा नमुना गौशाला छ भन्ने सन्देश सबैलाई दिन खोजेको हो अध्यक्ष पोख्रेलले बताउनुभयो।

हिन्दुहरुको महाव पर्व गाई पुजाको दिन २०८० कार्तिक २७ गतेका दिन गढवा गाउँपालिकाले सुरु गरेको स्थानीय जातका गाई संरक्षण तथा प्रवर्द्धन कार्यक्रम अन्तर्गत नव निर्मित गाई संरक्षण केन्द्र गढवाको उद्घाटन गरिएको थियो । गाई पुजाको शुभ अवसरमा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुले गाई संरक्षण केन्द्र गढवाको उद्घाटन गर्नु भएको थियो ।

गढवा बजार र आसपासका क्षेत्रहरुमा छाडा पशुु चौपायाले किसानहरुको बालीनाली खाएर सखाप पारेपछि किसानहरुको मागलाई ध्यान दिदै गाउँपालिकाले झण्डै तिन सयको हाराहारीमा रहेका छाडा गाई–गोरुलाई गौशाला निर्माण गरि ब्यवस्थित गरेको छ। गढवा गाउँपालिकाले स्थानीय जातको गाई संरक्षणका लागि निर्माण गरेको गढवा गौशालामा हाल तिन जना गौ रक्षक राखिएको छ। गढवा गाउँपालिकामा रहेका छाडा गाई गोरु लाई गौशालामा राख्ने गरिएको छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID