तालिम लिएर व्यवसाय सञ्चालन नगरे अर्को तालिममा सहभागी गराउदैनौं: अध्यक्ष पोख्रेल

आलोक भावुक

गढवा, २० बैशाख । गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा गढवा गाउँपालिका वडा नम्बर ७ मानपुरमा ३५ दिने होजियारी स्तरोन्नति तालिम आज समापन भएको छ।

७ नम्वर वडाध्यक्ष राहुलदेव चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।
चैत्र १५ गतेदेखि बैशाख २० गते सम्म चलेको ३५ दिने होजियारी स्तरोन्नति तालिममा सहभागीहरु महिलाहरुलाई सुईटर बुनाई तालिम दिईएको छ। समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले होजियारी स्तरोन्नति तालिम पश्चात् सामुहिक अथवा एअल रुपमा व्यवसाय सञ्चालन गर्नु पर्ने बताउनुभयो। तालिम लिने तर काम नगर्ने लाई आगामी कुनै पनि तालिममा सहभागी नगराउने जानकारी गराउदै अध्यक्ष पोख्रेलले तालिमको उद्देश्य महिला दिदिबहिनीहरुलाई उद्यमी बनाई आत्मनिर्भर बनाउने रहेको बताउनुभयो ।जुनसुकै तालिम थाहा पाउने बित्तिकै सहभागी हुन खोज्ने तर तालिम सिकेर व्यवहारमा केही लागु नगर्ने प्रवृत्तिले पालिकाको करोडौ रुपैयाँ खेरा गएको बताउदै अब तालिम दिएका व्यक्तिहरुलाई पालिकाले निगरानी गर्ने र व्यापक नगरेको खण्ड कुनैपनि तालिममा सहभागी नगर्ने वारे स्पष्ट पार्नु भयो। सानो तिनो भए पनि व्यवसाय गर्नु सिकेका तालिम व्यवहारमा, व्यवसाय मार्फत देखाउनुस् व्यवसाय सञ्चालन गर्दा आईपर्ने कठिनाईहरुलाई समाधान गर्न पालिका तयार रहेको बताउनुभयो।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले तालिम लिएर काम नगर्ने हो भने तालिम लिनु र दिनुको कुनोऐ औचित्य नरहेको बताउनुभयो। महिलाहरूलाई आत्मनिर्भर बनाउन गाउँपालिकाले बिभिन्न कार्यक्रम तथा तालिमहरु सञ्चालन गरेको छ तर आज सम्म तालिम लिएर व्यवसाय गरेको अपबाद बाहेक कतै देखिएको छैन आत्मनिर्भर बन्नु छ भने व्यवसाय गर्नै पर्ने बताउनुभयो।
कार्यक्रम वडा सदस्यहरुको समेत सहभागिता रहेको थियो कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रेरणा चन्दले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID