‘बीमा प्रवर्द्धनका लागि गढवामा अन्तक्रिया’ जीवन बीमा संगै कृषि र पशु बीमामा जोड दिन आवश्यक :अध्यक्ष पोख्रेल 

आलोक भावुक

गढवा, १८ बैशाख ।स्थानीय तह तथा सरोकारवालाहरुसंग बीमा प्रवर्द्धनात्मक अन्तक्रिया तथा छलफल कार्यक्रम मंगलवार गढवामा सम्पन्न भएको छ।

नेपाल बीमा प्राधिकरणको आयोजनामा भएको बीमा प्रवर्द्धनका लागि अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जीवन बीमा संगै कृषि र पशु पंक्षीको बीमा गर्न आवश्यक रहेको बताउनुभयो। बीमाको क्षेत्रमा अझै सम्मपनि ठुलो समस्या रहेको बताउदै अध्यक्ष पोख्रेलले जीवन बीमाको मतलव केवल जीवन बीमामा केन्द्रित रहेकोले बताउनु भयो।

जिवन बीमा अधिकर्ता/बीमाकर्ता पनि अन्य बीमा भन्दा जीवन बीमामा बढी केन्द्रित भएको देखिएकोले आगामी दिनमा जीवन संगै कृषि र पशु पंक्षी क्षेत्रमा पनी बीमाका कार्यक्रम लागु गर्ने र सक्रिय भएर लाग्नु पर्ने निष्कर्ष निकाल्नु भयो। स्थानीय तहमा कृषि र पशु क्षेत्रमा बीमाको कार्य एकदमै आवश्यक रहेकोले बीमा कमीहरुले बोनस कम आउछ भनेर बीमा नगर्नु गलत भएको बताउनुभयो। बीमा कम्पनीहरु र बीमाकर्ताहरुले कृषि र पशु पंक्षीको बीमामा बढी जोडदिनु पर्ने बताउनुभयो।नेपाल बीमा प्राधिकरणले स्थानीय तहमै बीमाको काम यथासिघ्र सुरु गर्न अनुराेध गर्दै बीमाकर्ताहरुलाई तालिमको व्यवस्थापन गरी सञ्चालन गर्न अनुराेध समेत गर्नु भयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै नेपाल बीमा प्राधिकरणका उप निर्देशक राजेन्द्र महर्जनले बीमाको प्रवर्द्धन, दायरा बिस्तार र साक्षरता अभिबृद्धि गर्ने उद्देश्यले स्थानीय सरकार संग नेपाल बीमा प्राधिकरणको आयोजनामा अन्तक्रिया तथा छलफल कार्यक्रमको आयोजना गरेको बताउनु भयो।

अन्तरक्रिया तथा छलफल कार्यक्रममा बीमा, बीमाका प्रकार, बीमा सम्बन्धी कानूनी व्यवस्थाहरु, नेपाल भीमा प्राधिकरणको काम, कर्तव्य र अधिकार, दाङ जिल्लाको बीमाको सम्बन्धी तथ्याङ्क २०८० चैत्र मसान्त सम्मको, कृषि बीमाको दाबी प्रक्रिया, अनिवार्य बीमा र त्यसका प्रकार, बीमा गर्दा ध्यान दिनुपर्ने कुराहरु, बीमाको बिकाशमा स्थानीय तहको भूमिका, बीमा क्षेत्रका चुनौतीहरु, बीमा सम्बन्धी ऐन/निर्देशन तथा व्यवस्था प्रावधानहरु लगायतका बिषयमा छलफल तथा सलाईड मार्फत जानकारी गराईएको थियो।

स्थानीय तह तथा सरोकारवालाहरुसंग बीमा प्रवर्द्धनात्मक अन्तक्रिया तथा छलफल कार्यक्रम नेपाल बीमा प्राधिकरणका उप निर्देशक राजेन्द्र महर्जनको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कर्मचारी, बीमा कम्पनीका प्रमुखहरु, गढवा गाउँपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखा, कृषि विकास शाखा, गढवाका कृषि सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, विद्यालयका प्रधानाध्यापकहरु तथा शिक्षिकाहरु लगाएतको सहभागिता रहेको थीयो।

लोक राज पराजुलीको स्वागत मनतब्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक सम्भु प्रसाद मिश्रले गर्नु भएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID