गढवाको ठुलीचौरका आगलागी पिडितलाई गाउँपालिकाद्वारा खाद्यान्न तथा भाडाकुडा सहयोग

आलोक भावुक

गढवा, १६ बैशाख । गढवा गाउँपालिका वडा नम्बर ५ ठुलीचौरका आगलागी पिडितलाई आइतबार गढवा गाउँपालिकाद्वारा खाद्यान्न तथा भाडाकुडा सहयोग गरिएको छ। गढवा ५ ठुलीचौरका नर बहादुर बुढामगर र मान बहादुर बिश्वकर्माको घरमा आगलागी भएको थियो।

२ बोरा चामल, ५ किलो दाल, ३ लिटर तेल, नुन लगाएतको १३ प्रकारको खाद्यान्न तथा भाडाकुडा वितरण गरिएको गढवा गाउँपालिकाले जनाएको छ ।

बैशाख १४ गते आगलागीबाट ठुलीचौरका दुईघर जलेर क्षति भएको थियो।

राहत वितरण कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरी, ३ नम्बर वडाध्यक्ष तुल्सीराम अधिकारी, ५ नम्वर वडाअध्यक्ष लेख बहादुरथापा, जिन्सी शाखा प्रमुख सम्भु चौधरी लगायतको सहभागिता रहेको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID