गढवाको मानपुरमा घुम्ती न्यायिक इजालास कार्यक्रम

आलोक भावुक

गढवा, ९ वैशाख । गढवा गाउँपालिकाको न्यायिक समितिको आयोजनामा आइतबार गढवा गाउँपालिका वडा नम्बर ७ मानपुरमा घुम्ती न्यायिक इजालास कार्यक्रम सम्पन्न भएको छ।

गढवा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक शारदा कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न इजालास कार्यक्रममा ७ नम्वर वडाका कार्यबाहक वडाध्यक्ष महेन्द्र प्रसाद चौधरी लगायतको सहभागिता रहेको थियो ।

न्यायिक समितिले आठ वटै वडामा घुम्ती न्यायिक इजालास कार्यक्रम सुरु गरेको न्यायिक समिति संयोजक शारदा कुमारी चौधरीले जानकारी दिनुभयो। स्थानीय तहमा न्यायिक समिति मार्फत न्याय सम्पादनमा आइपरेका समस्याका बारेमा छलफल गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उपाध्यक्ष चौधरीले जानकारी दिनुभयो।

न्यायिक समितिको काम, कर्तव्य र अधिकारको बारेमा गढवा गाउँपालिकाका कानुनी सल्लाहकार लुम बहादुर कार्कीले सहजिकरण गर्नु भएको थियो। न्यायिक समितिले के कस्ता मुद्दाहरु हेर्न पाउने के कस्ता मुद्दा हेर्न नपाउने? मुद्दा भनेको केहो ? मुद्दाको प्रकार, के कस्ता मुद्दा न्यायिक समितिले हेर्न मिल्ने लगायतको बारेमा जनतालाई जानकारी दिने उद्देश्यले न्यायिक समितिले गाउँपालिकाको सबै वडामा घुम्ती न्यायिक इजालास कार्यक्रम सुरु गरेको संयोजक चौधरीले बताउनुभयो। न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने जानकारी दिदै उपाध्यक्ष चौधरीले दुबैपक्षलाई जीत हारको भन्दा पनि चित्त बुझ्दो न्याय दिने गरेको बताउनु भयो।

कार्यक्रममा न्यायिक समिति सदस्य रेखा थापा,देवीलाल थारु कुमाल, उजुरी प्रशासक सुरेश पौडेल, वडासदस्यहरु र वडाका अघरिया, कटकन्दार, प्रधान गाउका मुख्य व्यक्तिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको न्यायिक सम्बन्धी गढवा गाउँपालिका काननुनी सल्लाहकार लुम बहादुर कार्कीको प्रस्तुतीकरण रहेको थियो।

न्यायिक समिति सदस्य देवीलाल थारु कुमालको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुकले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID