कटाई सिलाई बिस्थापित हुने पेशा होईन : पालिका अध्यक्ष पोख्रेल

आलोक भावुक

गढवा, २९चैत्र। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले सिलाई कटाई पेशा विस्थापित हुने पेशा नभएको बताउनु भएको छ ।

मंगलवार गढवा गाउँपालिका वडा नम्बर ५ बाँकीमा १ महिने स्तरोन्नति कटाई सिलाई थप तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले सो कुरा बताउनु भएको हो । अन्य व्यवसाय विस्थापित भए पनि कटाई सिलाई पेशा कहिल्यै बिस्थापित नहुने पेशा भएको बताउनुभएको छ। तिन पटक सम्म गढवा गाउँपालिकाले दिएको कटाई सिलाई तालिमबाट सहभागिहरु कपडा सिल्न सक्षम भएको बताउदै सामूहिक रुपमा व्यवसाय गर्न अनुराेध समेत गर्नु भयो।

गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत गढवाको बाकीमा एक महिने स्तरोन्नति कटाई सिलाई थप तालिम सम्पन्न भएको छ।

गढवा गाउँपालिकाको आर्थिक समृद्धीको आधार लघु उद्यम विकास मार्फत रोजगार भन्ने मूल नाराका साथ गढवा गाउँपालिका उद्यम विकास शाखाले आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिमहरु दिदै आएको छ ।

एक महिने स्तरोन्नति कटाई सिलाई थप तालिमको समापन कार्यक्रममा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरी, ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापा, वडासदस्यहरु निर्मला परियार, खिमा डाँगी, पल्टुराम यादव, लगायतकाको सहभागिता रहेको थियो।

कार्यक्रमको सहजीकरण उद्यम विकास सहजकर्ता बिनु भुजेल र मिना चौधरीले गर्नु भएको ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID