बंगलादेशमा चर्चित बनेको पुड्को गाई

एजेन्सी

बंगलादेशमा अहिले एउटा पुड्को गाई चर्चामा छ । ‘रानी’ नाम दिइएको यो गाई अहिले बंगलादेशको ‘सेलिब्रिटी’ बनको छ । मानिसहरु यो गाई हेर्न टाढाबाट आउन थालेका छन् । २३ महिनाको भुटानी गाई केबल ५१ सेन्टिमिटर अग्लो छ भने २८ किलोको छ ।

राष्ट्रव्यापी लकडाउनका बाबजुद अहिलेसम्म यो गाईलाई हेर्न १५ हजारभन्दा धेरै मानिसहरु राजधानी सहर ढाका नजिकै रहेको चरीग्रामस्थित फार्ममा आइसकेका बीबीसीले जनाएको छ।

फार्मका म्यानेजर हसन होवलदार रानी विश्वको सबैभन्दा सानो गाई भएको दाबी गर्दै गिनिज वर्ल्ड रेकर्डस्को लागि प्रक्रिया सुरु गरेका छन् ।

‘मैले आफ्नो जीवनमा यस्तो कहिले पनि देखेकी थिइनँ’, गाई हेर्न आएकी रिना बेगमले भनिन् ।

होवलदारले गत वर्ष बंगलादेशको उत्तर–पश्चिमी क्षेत्रमा रहेको नओगाउँमा रहेको एक फार्मबाट यो गाई किनेर ल्याएका थिए । यो गाईलाई हिँड्नमा समस्या छ र अन्य गाईसँग पनि डराउने हुनाले शिकोर एग्रो फार्ममा यसलाई अलग राखिएको छ ।

‘यसले धेरै खाँदैन । दिनमा दईपटक थोरै पिठो र भुस्सा खान्छ’, होवलदारले भने, ‘उसलाई बाहिर हिँड्न मन पर्छ र कसैले उसलाई आफ्नो हातमा लियो भने खुसी हुन्छ ।’

अहिले विश्वको सबैभन्दा सानो गाईको कीर्तिमान भारतको मनिक्यम गाईको नाममा छ । जसको उचाइ ६१.१ सेन्टिमिटर छ ।

होवलदारका अनुसार गिनिज वर्ल्ड रेकर्डस्का प्रतिनिधिले यस वर्ष उक्त फार्मको भ्रमण गर्नेछन् र रानीले गिनिज वर्ल्ड रेकर्डस्को उपाधि पाउने वा नपाउने निर्क्योल गर्नेछन् ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID