कविता : चुहिएको छानो टाल्न

गणतन्त्र नेपाल समाचारदाता

शीर्षक ÷ (चुहिएको छानो टाल्न)

गोर्खालीको सानले ईतिहाँस रचेको देश थियो

छोटा भोटाको हाट लाग्छ सिरढाक्ने भेष थियो

कैजडा भन्थे नेपाली माटोमा छुँदा शक्ति मिल्ने

अँगिकृतले भेटायो भूमि गर्छ ओकल्ने निल्ने

वाध्य हुन्छ मरुभुमिमा विबस हुँदै बालुवा चाल्न

सकिन्न खोक्रो राष्ट्रवादले चुहिएको छानो टाल्न

 

तानासाहि खुड्किला भाँच्न छोडि बचाईन्छ यहाँ

निर्दोशलाई कारागार निमुखालाई नचाईन्छ यहाँ

सर्वहारलाई स्वसेर सन्तान मार्नेको सासन चल्छ

रातारात स्वाभिमान बेचिन्छ दिनमै झण्डा जल्छ

माग्ने बनाउँने बन्ने ठाउँ हो सकिदैन पेट पाल्न

भिस्सामा भाग्य कुर्नु पर्छ चुहिएको छानो टाल्न

 

ऎन बेचेर अघाउँनेको भाषण गफै ठुला हुन्छन

राष्ट्र सेवाको कसम खाएर भ्रष्टको कुरा सुन्छन

सडकमा हुँदा बिरोधि स्वर सत्तामा संगै जुट्छन

लुकेर आफै लुट्छन देखावटिलाई अरु कुट्छन

सधै जनता प्रतिक्षा गर्छ मरुभुमिमा सरीर गाल्न

सपना हैन समस्या सोच्छ चुहिएको छानो टाल्न

 

स्वस्नु सम्म स्वसेका बजाउँदै गणतन्त्रको बाजा

स्वार्थी सुसारे बन्ने आशसले चाहियो भन्छराजा

मुर्दाले माला प्रेम पाउँछ व्यापार मुर्ति चिहानको

बेरोजगारीको बजारमा के आश गर्ने विहानको

सपना छ प्रवास पुग्ने आफ्नै ज्यान दाउँमा हाल्न

बेचिने बाटोमा कुर्नु पर्छ चुहिएको छानो टाल्न

 

आफ्नै भाग घटाई खाडिमा खुन फाल्छ नागरीक

१सिटामोल भेट्दैन ६०१सांसद पाल्छ नागरीक

पाईला-पाईला हेपाई दमन सोषण खप्नु परेको छ

कसलाई आशा देखाउँने आफ्नै ईछ्या मरेकोछ

पालै-पालो तम्सिन्छन सासन गर्न सरकार ढाल्न

बेचिने सहरमा सम्भव रह्यो चुहिएको छानो टाल्न

रश्मि भट्टराई सिन्धुपाल्चोक

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID