विश्व स्वास्थ्य दिवसको अवसरमा गढवामा ४४ जनाले गरे रक्तदान

आलोक भावुक

गढवा,२५ चैत्र ।विश्व स्वास्थ्य दिवसको अवसरमा गढवामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

गढवा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा तथा नेपाल रेड्क्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र लमहीको प्राविधिक सहयोगमा आइतबार गढवा गाउँपालिकाको सभाहलमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

मेरो स्वास्थ्य मेरो अधिकार भन्ने मुल नाराका साथ गढवा गाउँपालिकाको स्वास्थ्य शाखाले विश्व स्वास्थ्य दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको शाखाले जनाएको छ।

रक्तदान कार्यक्रममा महिला र पुरुष गरी कुल ४४ जनाले रक्तदान गर्नु भएको गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिनुभयो।

रक्तदान कार्यक्रमको उद्घाटन गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलकोले रक्तदान गरी गर्नु भएको थियो ।

विश्व रक्तदाता दिवसको अवसरमा नेपालमा हुने रगत अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गर्नु उदाहरणीय कार्य भएको अध्यक्ष पोख्रेलले बताउनु भयो ।

रक्तदानको आवश्यकताबारे जागरूकता बढाउन विश्व स्वस्थ्य दिवसमा रक्तदान कार्यक्रमको आयोजना गरीएको बताउदै अध्यक्ष पोख्रेलले रक्तदान जिवनदान भन्या जस्तै रक्तदाताहरूलाई रक्तदान गर्न अभिप्रेरित गर्ने र दाङमा हुने रगत अभावलाई पुर्ती गर्न रक्तदान कार्यक्रमको आयोजना गरीएको बताउनुभयो।

रक्तदान कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, इलाका प्रहरी कार्यालय गढवा प्रमुख नविन ओली, ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगर, ५ नम्वर वडाअध्यक्ष लेख बहादुरथापा, नेपाल रेड्क्रस सोसाइटी उपशाखा गढवाका सभापति दयाराम यादव, स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरी, गढवा स्वास्थ्य चौकीका प्रमुख सुर्य नारायण यादव, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेल लगायतकाको उपस्थिति रहेको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID