हाेलिलाई सामाजिक सद्भावकाे रूपमा बिकाश गराै: अध्यक्ष बसेल

ओम प्रकाश बसेल

गढवा, ११ दाङ ।गढवा हाेटल ब्यबसायि संघकाे हाेलि मिलन कार्यक्रम आज गढवामा सम्पन्न भएकाे छ ।
हाेटल ब्यबसायि संघका अध्यक्ष राम बहादुर थापा क्षेत्रीकाे अध्यक्षता तथा गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेलकाे प्रमुख आथित्यता तथा गढवा उद्याेग बाणिज्य संघका संस्थापक अध्यक्ष युवराज पाेख्रेल र गढवा हाेटल ब्यबसायि संघका संस्थापक अध्यक्ष दयाराम थापाकाे बिशिस्ट अआथित्यतामा हाेलि मिलन कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि तथा गढवा उद्याेग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेलले आपसि सद्भाव कायम गर्ने गरि अस्तित्व कायम गर्दै रंगकाे पर्व हाेलिलाई ब्यबस्थित, मर्यादित तथा आपसि भाईचार कायम गर्न तथा रंगकाे पर्वकाे रूपमा हर्साेलास्सका रूपमा मनाउन सबैमा अनुराेध गर्नुभयाे । यस्ता कार्यक्रम संचालन भएमा भाईचार स्थापना हुने सामाजिक मिठास हुने समेत बसेलले बताउनु भयाे ।

कार्यक्रममा बिशिस्ट अतिथिकाे रूपमा बाेल्दै उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष युवराज पाेख्रेलले संघ सदैव हाेटल ब्यबसायिकाे साथमा रहेकाे जानकारी गराउनु भयाे । हरेक कार्यमा उद्योग बाणिज्य संघ साथमा रहेकाे बताउदै पाेख्रेलले हाेटल ब्यबसायि संघकाे रचनात्मक तथा सकारात्मक कार्यमा उद्याेग बाणिज्य संघ साथमा रहने समेत प्रतिबद्धता ब्यक्त गर्नु भयाे ।

कार्यक्रममा हाेटल ब्यबसायि संघका संस्थापक अध्यक्ष दयाराम थापाले संस्था स्थापना अाफैमा चुनाैति रहेकाे बताउदै दाङ जिल्लामा हाेटलकाे क्षेत्रमा उत्कृष्ट हाेटल ब्यबसायि बनाउने प्रयत्नमा गढवा हाेटल ब्यबसायि रहेकाे समेत जानकारी दिनु भयाे ।
संघका सचिव सागर सुबेदिकाे स्वागत मन्तब्य बाट शुरू भएकाे कार्यक्रमकाे सहजिकरण महासचिब तिलक पुनले गर्नु भएकाे थियाे ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID