शान्तीबजारमा लघुवित्त संस्थाको शान्तीपुर्ण र्‍याली र वित्तीय साक्षरता कार्यक्रम सम्पन्न 

गणतन्त्रनेपाल समाचारदाता

बर्दिया, चैत्र ७। बर्दिय, राजापुर गेरुवा लघुवित्त कर्मचारी मन्चले Global Money Week 2024 को अबसरमा २७ वटा लघुवित्त संस्थाहरूको सयुक्त सहकार्यमा वित्तीय जागरण कार्यक्रम गेरुवा गाउँपालिकाको शान्तीबजार कार्यक्रम सम्पन्न भएको छ ।

सम्पन्न कार्यक्रममा बिभिन्न लघुवित्तका सदस्य तथा कर्मचारी गरी १२३ जनाको उपस्थिति रहेको थियो। जसमा शान्ति पुर्ण मौन र्याली शान्तिबजारको बजार परिक्रमा गरे पश्चात होटल नेप्सेन्टिकमा वित्तीय जागरण कार्यक्रम सन्चालन गरिएको थियो। कार्यक्रमको सभापतित्व मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि। शाखा कार्यालय राजापुरका शाखा प्रबन्धक तथा यस मन्चका अध्यक्ष पहरामा जैसिले गर्नु भएको थियो, कार्यक्रममा प्रमुख अतिथी युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि. केन्द्रीय कार्यालय कोहलपुरका नायव प्रमुख कार्यकारी अधिकृत राजकुमार पोखरेल , साथै अतिथिहरुमा शान्तिबजार बजार ब्यवस्थापन समितिका अध्यक्ष तुल्सा प्रसाद खनाल, एन आई सी एसिया लघुवित्त वित्तीय संस्था लि. का अनुगमन अधिकृत मधुसूदन निरौला र गेरुवा गाउँपालिका बडा नं ०३ का बडा सदस्य श्री जमान सिँह कडायतको उपथिती रहेको थियो ।

कार्यक्रममा हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय राजापुरका शाखा प्रबन्धक प्रदिप पनेरुले कार्यक्रम बारे प्रकाश पार्नुका साथै बचत किन आवश्यक छ र किन बचत गर्नेबारे छिमेक लघुवित्त वित्तीय संस्था लि। शाखा कार्यालय मानपुर टपराका शाखा प्रबन्ध निर्देशक नियुता सिंह र कर्जा सदुपयोगिता र दुरुपयोग हुदा के हुन्छ भन्ने बिषयमा उपकार लघुवित्त वित्तीय संस्था लि। शाखा कार्यालय मानपुर टपराका शाखा प्रबन्धक दिलसरा थापाले प्रकाश पार्नु भएको थियो। कार्यक्रमको स्वागत मन्तव्य इन्फिनिटी लघुवित्त वित्तीय संस्था लि। शाखा कार्यालय शान्तिबजारका शाखा प्रबन्धक सन्जिता कुमारी चौधरीले गर्नुका साथै कार्यक्रमको सहजीकरण लक्ष्मी लघुवित्त वित्तीय संस्था लि। शाखा कार्यालय राजापुरका शाखा प्रबन्धक लोकेन्द्र खड्काले गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथी पोखरेलले विश्व वित्तिय सप्ताहको अवसरमा लघुवित्तको सदस्यलाई वित्तीय सचेतनाको कार्यक्रम आयोजना गरेकोमा राजापुर गेरुवा लघुवित्त कर्मचारी मञ्चलाई धन्यवाद दिनुहुदै कार्यक्रमले यसक्षेत्रको जनतामा वित्तीय चेतना बृद्धि हुनेमा बिश्वास ब्यक्त गनु भयो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID