गढवामा महावीर पुन, किताव बेचेर तिस बर्षदेखि बन्द कृषि औजार कारखाना सञ्चालन गर्ने अठोट

आलोक भावुक

गढवा, ३ चैत्र। तिस बर्षदेखि बन्द कारखाना सञ्चालन गर्न सहयोग जुटाउँदै डा. महावीर पुन दाङ देउखुरीको गढवा गाउँपालिकामा पुग्नु भएको छ।

राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ वैज्ञानिक डा महावीर पुन पुस्तक बिक्रीका लागि पूर्व–पश्चिम महाअभियानमा निस्कएको बताउनुभयो।

शनिबार गढवा होटल ब्यवसायी संघको छैठौं वार्षिकोत्सव तथा वनभोज कार्यक्रममा बोल्दै डाक्टर पुनले सो कुरा बताउनुभएको हो। किताव बेचेर तिस बर्षदेखी बन्द रहेको कारखाना सञ्चालन गर्ने उद्देश्यले देशभर किताव बेच्ने योजना बनाएको डा. पुनले बताउनुभयो।

किताब बेच्ने अभियानको ६९औं दिनमा दाङको गढवामा आइपुगेको बताउदै पुनले कम्तीमा तिन महिनामा आफ्नो लक्ष्य पुरा गर्ने अनुमान गरेको बताउनु भयो। यो किताब लेख्ने छाप्ने र बेच्ने तरिका अन्य भन्दा फरक भएको बताउदै डा. पुनले यो अभियान देशको मुहार फेर्ने देश बिकासको निम्ति रहेको बताउनुभयो। राष्ट्रिय आविष्कार केन्द्रले कारखाना सञ्चालन गर्ने जिम्मा लिए अनुसार आफु त्यो जिम्मा पुरा गर्न किताब अभियान सुरु गरेको बताउनु भयो। सरकारले चलाउन नसकेको तिस बर्षदेखि बन्द रहेकोले त्यसलाई चलाएर देखाउने चुनौती समेत रहेको बताउनुभयो। नेपालको जनसंख्याको एक प्रतिशतले मात्र किताव किने कारखाना सञ्चालन गर्न सकिने भएकोले तिनलाख किताव बिक्री भए पनि आफुहरु सफल हुने र कारखाना सञ्चालन हुने भएकोले किताव किन्न सबैमा अनुरोध समेत गर्नु भयो। करिब तीन लाख पुस्तक बिक्री भएको अवस्थामा कृषि औजार कारखाना सञ्चालनमा ल्याउन सकिन्छ डा. पुनले भन्नु भयो।

प्रतिपुस्तक सात सय ५० रुपैयाँमा बिक्री गर्ने गरिएको बताउदै डाक्टर पुनले देश निर्माणमा एक कितावले एक इट्टाको भार कम गर्ने बताउनु भयो। हाल सम्म ६० हजार भन्दा बढी किताब बिक्री वितरण गरिसकेको बताउदै डा पुनले सम्पूर्ण नेपालीहरुले किताब बिक्री वितरण अभियान लाई साथ दिई सहयोग गर्नुपर्ने बताउनुभयो।

नेपालको कुल जनसंख्याको एक प्रतिशत नागरिकले मात्र किताव खरीद गर्नुभयो भने कृषि औजारको कारखाना सञ्चालन गर्ने सहज हुन्छ डाक्टर पुनले भन्नु भयो। झन्डै तीन लाख जति यो पुस्तक बिक्री भएमा सत्र अठार करोड जति रुपैयाँ संकलन हुन्छ।” त्यति रकम संकलन भए कारखाना सञ्‍चालन गर्न राज्य गुहार्नुनपर्ने बताउदै पुनले राष्ट्र निर्माणमा मेरो पनि सहयोग होस् भन्ने भावका साथसबैले किताव किनेर सहयोग गर्न आग्रह गर्नुभयो। गत पुस २२ गतेदेखि काठमाडौंबाट पुस्तक बिक्री सुरु गर्नु भएको डाक्टर पुनले अभियान ६९औं दिनमा आफु गढवा पुगेको बताउनुभयो। उहाँ नौबिसे, मुग्लिन, पोखरा, पूर्वी रुकुम, रोल्पा, थवाङ, कञ्चनपुर, कैलाली, बर्दिया, बाँके हुँदै दाङ आइपुगेको जानकारी दिनु भयो।

गढवा होटल ब्यवसायी संघको छैठौं बार्षिकोत्सव तथा बनभोज कार्यक्रममा राम बहादुर थापाको अध्यक्षता तथा नेपाल आविष्कार केन्द्रका प्रमुख महावीर पुनको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रमको ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापा, ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले, इलाका प्रहरी कार्यालय गढवा प्रहरी निरीक्षक नविन वली, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेल, लमही उद्योग वाणिज्य संघका उपाध्यक्ष केशव पोख्रेल, गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र अध्यक्ष दयाराम थापा, नेपाल मगर संघका अध्यक्ष रमित बुढामगर, पत्रकार लगाएतकाको सहभागिता रहेको थियो।

गढवा होटल ब्यवसायी संघका सचिव टोपलाल सुबेदीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण संघका तिलक पुनले गर्नु भएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID