आफ्नो आत्मकथा बिक्री गर्दै गढवा पुगे डा. महावीर पुन

आलोक भावुक

गढवा, ३ चैत्र। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुन आफ्नो आत्मकथा बिक्री गर्न सनिवार दाङ देउखुरीको गढवा गाउँपालिकामा पुग्नु भएको छ।

कृषि औजार कारखाना सुधार एवं सञ्चालनका लागि आत्मकथा बिक्री गर्ने उद्देश्यले देश दौडाहामा निस्किनु भएका पुन सनिवार बिहान गढवामा आईपुग्नु भएको हो। गढवा होटल ब्यवसायी संघको छैठौं बार्षिकोत्सव तथा बनभोज कार्यक्रम प्रमुख अतिथिको रुपमा सहभागी हुन डाक्टर पुन गढवा आउनु भएको हो।

कार्यक्रममा जाने समयलाई सदुपयोग गर्दै डाक्टर पुनले करिव एक घण्टा गढवा बजारको मुख्य चोकमा किताव बिक्री गर्नु भएको थियो ।

गढवाको मुख्य चोकमा खुट्टामा चप्पल र साथमा केही थान किताब सहित डाक्टर पुन सामान्य पहिरनमा उभिनु भएको थियो। पुनलाई देख्न, किताब किन्न र तस्वीर खिच्न निक्कै भिड लागेको थियो। छोटो समयमा ५२ वटा किताव बिक्री भएको डाक्टर पुनले बताउनुभयो।

पुस्तक बिक्री कार्यक्रममा गढवा उद्योग बाणिज्य संघका ओम बसेल, पूर्व अध्यक्ष खिम बहादुर बुढामगर, जनता माध्यमिक विद्यालय गढवाका विध्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार कुमाल, प्रधानाध्यापक रामसुरत यादव, समाजसेवी रामप्रसाद गैरे, गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुक, रेडियो साझा आवाजका प्रवन्ध निर्देशक दुख हरण यादव लगायतकले बोल्नु भएको थियो ।

किताव बिक्री स्थानमा बोल्ने बक्ताहरुले राज्यको ध्यान नपुगेको ठाउँमा ध्यान पुर्याएर देशको विकाश र रोजगारको क्षेत्रमा गरेको प्रयास र काम अतुलनीय रहेको बताए थिए। सामान्य जीवन शैली बाट आफुहरु अत्यन्त प्रभावित भएको बताउदै डाक्टर महावीर पुनको ब्यक्तित्व बाट धेरै कुराको ज्ञान लिन सक्ने बताए।

किताव बेचेर तिस बर्षदेखि बन्द कृषि औजार कारखाना सञ्चालन गर्ने उद्देश्यलेको जति तारिफ गरेपनि कम हुने भन्दै किताव किनेर सहयोग गर्न सम्पूर्ण गढवाबासीमा अनुरोध गरेका थिए ।

किताब बेच्ने अभियानको ६९औं दिनमा दाङको गढवामा आइपुगेको बताउदै पुनले कम्तीमा तिन महिनामा आफ्नो लक्ष्य पुरा गर्ने अनुमान गरेको बताउनु भयो।हाल सम्म ६१ हजार भन्दा बढी किताब बिक्री वितरण गरिसकेको डा पुनले जानकारी दिनुभयो। प्रतिपुस्तक सात सय ५० रुपैयाँमा बिक्री गर्ने गरिएको आउनु भएको बताउनु भयो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID