नेपाली काँग्रेस गढवा गाउँपालिका वडा नम्बर ७ काे वडा भेला सम्पन्न 

ओम प्रकाश बसेल

गढवा, २ चैत्र। नेपाली काँग्रेस गढवा गाउँपालिका वडा नम्बर ७ काे दाेस्राे वडा सम्मेलन गढवाकाे मानपुरमा शुक्रबार सम्पन्न भएकाे छ ।

नेपाली काँग्रेस ७ नम्वर वडा सभापति बाेट बहादुर चाैधरीकाे सभाअध्यक्षता एबम् नेपाली कांग्रेस क्षेत्र नं १ का क्षेत्रिय सभापति भेषराज पाण्डेकाे प्रमुखआथित्यतामा सम्पन्न दाेस्राे सम्मेलनमा वडाका जेष्ठ क्रियाशिल सदस्यहरूलाई कदर पत्र सहित सम्मान गरिएकाे थियाे ।

कार्यक्रममा बाेल्दै क्षेत्रिय सभापति पाण्डेयले नेपाली कांग्रेसलाई सुदृढ सबल र हालकाे परिस्थितिमा समेत पार्टिकाे अभिभाकत्व प्रदान गर्ने जेष्ठ नागरिक लाई सम्मान गरेकाे प्रति नेपाली कांग्रेस वडा नं ७ लाई धन्यवाद ब्यक्त गर्नु भएकाे थियाे । नेपाली कांग्रेसले गरेका सहि कार्य नेपाली कांग्रेसकाे अथहक प्रयासले भएका हरेक बिकाश निर्माणका कामहरूकाे खुलेर प्रचार प्रसार गर्नुपर्ने बताउदै पाण्डेयले राष्ट्रियताकाे सवालमा चर्काे अावाज उठाउनेहरूले सहिदकाे नाममा राष्ट्र काे ढुकुटि सिद्धयाउन लागि परेकाे समेत बताउनु भयाे ।

बिकाशकाे निर्माणकार्य हामि शुरू गर्छाैं, बिकाश गर्छाै, प्रचार प्रसार उनिहरूले लिने र जस लिने काम गर्दछन याे कार्य प्रति कार्यकर्ता सजग हुन पर्ने र हामिले गरेका कामकाे प्रचारप्रसार गर्नु पर्ने बताउनु भयाे ।

नेपाली कांग्रेस पालीका प्रतिनिधि ओम प्रकाश बसेलले बिषयबस्तुमाथि प्रकाश पार्दै सम्मेलन बारे जानकारी गराउनु भएकाे थियाे ।

सम्मेलनमा नेपाली कांग्रेस महाधिबेशन प्रतिनिधि खिमादेबि रिजाल, जिल्ला सदस्य बृजा चाैधरी, नेपाली कांग्रेस गढवा गाऊपालिका सभापति किरण पाैडेल, महिला संघ जिल्ला सदस्य गाेमा रिजाल, वडा नं ७ का वडा अध्यक्ष राहुलदेब चाैधरी, प्रदेश १ क सदस्य राजेन्द्र चाैधरी लगायतले बाेल्नु भएकाे थियाे ।

कार्यक्रममा पालिका उप सभापति माेहन चाैधरी, सचिब पुर्णप्रसाद चाैधरी, क्षेत्रिय प्रतिनिधिहरू, टाेल कमिटि अध्यक्ष, क्रियासिल सदस्यहरूकाे उपस्थिति रहेकाे थियाे ।

वडा सह सचिब फागुराम चाैधरीकाे स्वागत मन्तब्य बाट शुरू भएकाे कार्यक्रम काे सहजिकरण वडा सचिब प्रयागनाथ चाैधरीले गर्नु भएकाे थियाे ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID