श्रमको सम्मान राष्ट्रको अभियान तथा सञ्चार क्रियाकलाप कार्यक्रम गढवाको कोइलाबासमा सम्पन्न 

आलोक भावुक

गढवा, ३० फागुन ।श्रमको सम्मान राष्ट्रको अभियान तथा सञ्चार क्रियाकलाप कार्यक्रम मंगलवार गढवा ८ कोईलावासमा सम्पन्न भएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम रोजगार सेवा केन्द्र गढवाद्वारा श्रमको सम्मान राष्ट्रको अभियान तथा सञ्चार क्रियाकलाप कार्यक्रम गढवा गाउँपालिकाको बिभिन्न वडाहरुमा सञ्चालन गरिने प्रधानमन्त्री रोजगार सेवा केन्द्रले जनाएको छ।

गढवा गाउँपालिका वडा नम्बर ८ का वडा सदस्य तथा कार्यापालिका सदस्य मिना पुनको अध्यक्षतामा तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्माको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले काम जुनसुकै पनि सानो ठुलो नहुने बताउनु भयो । समान कामको समान ज्याला हुनु पर्ने बताउदै उपाध्यक्ष चौधरीले महिला पुरुषको ज्याला बराबर हुनुपर्ने बताउनुभयो। आफु बिदेश भ्रमणको क्रममा धेरै कुरा सिकेको बताउदै उपाध्यक्ष चौधरीले स्वदेशमै श्रम गरे मनग्गे आम्दानी गर्न सकिने बताउनु भयो । पछिल्लो समयमा बेरोजगारीका कारण सरकारले प्रतिबन्ध लगाएको सामान ओसारपसार संलग्न भएको घटनाहरु दिन प्रतिदिन बढ्दै जानु दुखद बिषय भएको बताउदै श्रम गर्न लाज मान्न नहूने बताउनुभयो। श्रमको जाती, धर्म पेसा भाषा, लैङ्गिक विभेद गरेर हामी पछि परेको बताउदै उपाध्यक्ष चौधरीले आफुले सक्ने काम गर्न लाज मान्न नहुने श्रम गरे आत्मनिर्भर बन्न उपस्थित सबैमा अनुरोध समेत गर्नु भयो।

कार्यक्रममा रोजगारी, रोजगार सेवा केन्द्रको प्रमुख भूमिका, रोजगारीको हक सम्बन्धी ऐन तथा निएमावली समेटिएका मुख्य प्रावधानहरु, बेरोजगारको प्रभाव, बेरोजगारीको कारण,रणनीतिको उद्देश्य, मर्यादित श्रम, बारेमा ब्यापक चर्चा परिचर्चा गरिएको थीयो।

श्रमको सम्मान राष्ट्रको अभियान तथा सञ्चार क्रियाकलाप कार्यक्रममा ४० जनाको सहभागिता रहेको थियो भने कार्यक्रमको बारेमा सहजिकरण रोजगार सेवा केन्द्रका सत्यपाल यादवले गर्नु भएको थियो ।

मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']