गढवामा आयोजित दाेस्राे गाउँपालिका स्तरीय फुटबल प्रतियोगिताकाे उपाधि राप्ती गाउँपालिकालाई

तुल बहादुर कवँर मगर

देउखुरी २७,फागुन ।दाङ – देउखुरीकाे गढवा गाउँपालिकाले स्थापन दिवसको अवसरमा आयोजना गरेको दाेस्राे गाउँपालिका स्तरीय फुटबल प्रतियोगिताकाे उपाधि राप्ती गाउँपालिकाले जितेको छ ।

आईतवार जनता माध्यमिक विद्यालय गढवाकाे खेलमैदानमा भएको फाइनल खेलमा लमही नगरपालिकालाई ५-१ काे फराकिलो गोल अन्तरले हराउँदै राप्ती गाउँपालिकाले उपाधि जितेको हो ।

राप्ती गाउँपालिकालाई जित दिलाउन वडा नं.३ का वडा अध्यक्ष तथा टिम क्याप्टेन उमेश अधिकारी सहित राजेश चाैधरी र लक्ष्मण चाैधरीले १/१ गाेल गर्नु भएको थियो भने शाेभाराम चाैधरीले २ गाेल गर्नु भएको थियो।

विजेता टिमले ट्रफि,मेडल ,प्रमाणपत्र सहित नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।

त्यस्तै उत्कृष्ट खेलाडीकाे रुपमा राप्ती गाउँपालिकाका शाेभाराम चाैधरी सम्मानित हुनु भएको छ।

खेल अवधिभर रेफ्रीकाे भूमिकामा एन्फा रेफ्री देव नारायण दाहाल,माेहन गाैतम र आदित्य केसी रहनु भएको थियो ।

गाउँपालिकाले आफ्नो स्थापन दिवसको अवसरमा गत फागुन २२ गतेदेखि गाउँपालिका स्तरीय,वडा स्तरीय ,विद्यालय स्तरीय र विभिन्न संघसंस्थाहरु बीच महिला तथा पुरुष फुटबल ,भलिबल ,क्रिकेट लगायत विभिन्न खेलकुद प्रतियोगिताहरु सञ्चालन गर्दै आएको थियो ।

यसैबीच खेलकुद प्रतियोगिताको आइतबार गढवा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष शारदा कुमारी चाैधरीकाे अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा समापन गरिएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID