बलिउडका दिग्गज अभिनेता नसीरुद्दीन शाह घर फर्किएका छन् । उनी बुधबार अस्पतालबाट घर फर्किएको उनका छोरा विवानले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले आमा रत्ना पाठक शाहसँग नसीरुद्दीनको तस्बीर शेयर गर्दै सो जानकारी दिएका हुन् । नसीरुद्दीनलाई गत महिना निमोनिया भएको थियो ।
तस्बिरमा नसीरुद्दीन र रत्ना बेडरुममा देखिएका छन् । विवानले तस्वीरका साथ लेखेका छन्– ‘आज अस्पतालबाट छुट्टी मिल्यो । घरमा फर्किएका छौं ।’
७० वर्षका नसीरुद्दीन अघिल्लो मंगलबार मुम्बईको हिन्दुजा अस्पताल भर्ना भएका थिए । उनको फोक्सोमा समस्या देखिएको थियो । अहिले केही राहत मिलेको बताइएको छ ।
नसीरुद्दीन फिल्ममा अभिनयको कारणले चिनिएका छन् । उनका निशान्त, जाने भि दो यारो, इजाजत, मासुम, मोहरा, सरफरोश, इश्किया, द डर्टी पिक्चरलगायत थुप्रै फिल्मले दर्शकको मन जितेका छन् ।
मा प्रकाशित