गढवाको मलमलामा एकीकृत घुम्ती शिविर सम्पन्न

आलोक भावुक

गढवा, १७ फागुन। गढवा गाउँपालिकाले जनताको सहजताको लागि सुरु गरेको एकीकृत घुम्ती शिविर आज गढवा गाउँपालिका वडा नम्बर १को मलमलामा सम्पन्न भएको छ।

पालिकाले एकीकृत घुम्ती शिविर सञ्चालन गरेपछी स्थानीयलाई सेवालिन सहज भएको छ । घुम्ती शिविरमा ल्यावसहितको स्वास्थ्य सेवा, व्यवसाय दर्ता, व्यवसाय इजाजत पत्र, व्यवसाय नविकरण, सामान्य स्वस्थ्य परिक्षण तदा परामर्श सेवा, अपाङ्गता परिचयपत्र वितरणको लागि स्वास्थ्य परिक्षण, जेष्ठ नागरिक परिचय पत्र वितरण, पशुपंक्षी सेवा कृतिम गर्भधान, पशु बन्ध्याकरण, उपचार, कृषि सेवा माटो परीक्षण, बाली उपचार, ईएफटी कार्यको लागि विवरण अद्यावधिक/सामाजिक सुरक्षा लगायतको सेवा प्रदान गर्दै आएको छ ।

गढवा गाउँपालिका वडा नम्बर १ मलमलामा सम्पन्न एकिकृत घुम्ती शिविरमा महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाबाट अपाङ्गता परिचयपत्र वितरणको लागि ८ जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।

त्यसैगरी कृषि विकास शाखातर्फ १० जना कृषकहरुको माटो परीक्षण गरिएको छ। माटो परीक्षणबाट क्षरिय बढी भएको छ भने पोटास र फसफोरसको मात्र सामान्य भन्दा थोरै बढी रहेको देखिएको छ।

त्यसैगरी स्वास्थ्य शाखातर्फ ३९ जनाको स्वास्थ्य चेकजाँच गरिएका छ र ३९ जलाको सुगर र ब्लड प्रेसर चेकजाँच समेत गरिएको छ।

त्यसैगरी पञ्जिकरण शाखातर्फ ५१ जना सामाजिक सुरक्षा लाभग्राहिहरुको विवरण अध्यावधिक गरिएको छ।

त्यसैगरी पशुपंक्षी तथा मत्स्य विकास शाखातर्फ ७३ जना कृषक तथा पशुपालकहरुले सेवा लिएका छन् । जसमध्ये २ सय ५२ जिउ भेडाबाख्रालाई पिपिआर लगाईएको छ। ७२ गाईभैसी, २ सय ५७ कुखुरा हांस र ३ सय १ भेडाबाख्राका लागि औषधी वितरण गरिएको पशुपंक्षी तथा मत्स्य विकास शाखाका अधिकृत अनन्त राज रेग्मीले जानकारी दिनुभयो।

एकिकृत घुम्ती शिविर फागुन १८ गते गढवा गाउँपालिका वडा नम्बर ५ बाँकीमा सञ्चालन हुने भएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID