यूएईमा कार्यरत नेपालीहरुले पठाए ५९ हजार थान पीसीआर किट

गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २३ असार 

संयुक्त अरब इमिरेट्स यूएईमा कार्यरत नेपालीले पीसीआर किट नेपाल पठाएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा यूएईमा रहेका नेपालीहरूले झन्डै ४७ लाख रुपैयाँ रकम सङ्कलन गरी ५९ हजार थान पीसीआर किट आज नेपाल एयरलाइन्सको वाइड बडीमार्फत् नेपाल पठाएका हुन् ।

यूएईमा रहेका विभिन्न नेपाली संघसस्थाहरुको अगुवाइ र नेपाली दूतावास आवुधावीको संरक्षणमा मातृभूमि सहयोग अभियान’ सञ्चालन गरेर करिब ४७ लाख सहयोग रकम सङ्कलन गरेका थिए । नेपाल पठाएको ५९ हजार पीसीआर किट सातै प्रदेशमा समान रूपमा वितरण गरिने दूतावास आवुधावीले जनाएको छ ।

पीसीआर किट आस्तर ग्रुपको आस्तर फार्मेसीमार्फत खरिद गरिएको हो। कम्पनीले प्रति किट २.४५ दिराममा उपलब्ध गराएको थियो । खरिद गरिएको किट नेपालसम्मको ढुवानी खर्च नेपाल सरकारले जिम्मा लिएको थियो।

दूतावासले परराष्ट्र, स्वास्थ्य मन्त्रालय तथा नेपाल एयरलाइन्ससँग समन्वय गरेर बुधवारको विशेष उडानमार्फत किट नेपाल पठाइएको यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताए । राजदूत ढकालले यूएईमा कार्यरत नेपालीले आफ्नो गाँस कटाएर रकम सङ्कलन गरी आफ्नो देशलाई सङ्कटका बेला सहयोग गर्नु प्रशंसनीय कार्य भएको भन्दै सम्पूर्ण सहयोगी दाताहरूलाई धन्यवाद दिएका छन् ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID