तल्लोमदपुर महिला उध्दमी महिला समुहको लागि भिटा परियोजना द्वारा सञ्चालित तिनदिने आधारशिला तालिमको सम्पन्न

आलोक भावुक

गढवा, १४ फागुन ।तल्लोमदपुर महिला उध्दमी महिला समुहको लागि भिटा परियोजना द्वारा सञ्चालित तिनदिने आधारशिला तालिमको आज सोमबार समापन गरिएको छ ।

समूहकी अध्यक्ष धना देवी थापाको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका ६ नम्बर वडाकख वडाध्यक्ष बिर बहादुर आले मगरको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।

समापन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले महिलाहरुले समाजको नेतृत्व नगरे सम्म समाजमा महिलामैत्री कार्यहरु सोचेजस्तो हुन नसक्ने बताउनुभयो ।हरेक काममा महिला भन्दा पुरुष अगाडि रहेको भन्दै अवको नेतृत्व महिलाहरले गर्नु पर्ने बताउनुभयो । बिकास निर्माण, बिभिन्न संघ संस्था लगाएत हरेक क्षेत्रमा महिलाको नेतृत्व हुन आवश्यक रहेको बताउदै अध्यक्ष पोख्रेलले त्यसको लागि सक्षम हुन आवश्यक रहेकोले बताउनुभयो। भिटा परियोजना मार्फत महिला दिदिबहिनीहरुलाई आत्मनिर्भर र शसक्तिकरण बनाउने तालिम दिने गरेको बताउनु।

कार्यक्रममा ६ नम्बर वडाका वडाध्यक्ष विर बहादुर आले मगर, भिटा परियोजनाका कार्यक्रम संयोजक बसन्त कुमार शर्मा, सहभागीहरु लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो।

कार्यक्रमको सहजीकरण उद्यम विकास सहजकर्ता आशा श्रेष्ठले गर्नुभएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID