गढवाको गंगाप्रसपुरमा एकीकृत घुम्ती शिविर सम्पन्न ,ल्याबसहितको सेवा वडाबाटै पाउँदा स्थानीय खुसी

आलोक भावुक

गढवा, १४ फागुन। गढवा गाउँपालिकाले जनताको सहजताको लागि सुरु गरेको एकीकृत घुम्ती शिविर आज गाउँपालिका वडा नम्बर ४ गंगाप्रसपुरमा सम्पन्न भएको हो।

वडाबाटै सम्पूर्ण सेवा पाएपछी स्थानीय खुसीले खुसी भएका छन्। पालिकाले एकीकृत घुम्ती शिविर सञ्चालन गरेपछी स्थानीयलाई सेवालिन गाउँपालिका धाउनु परेको छैन। घुम्ती शिविरमा ल्यावसहितको स्वास्थ्य सेवा, व्यवसाय दर्ता, व्यवसाय इजाजत पत्र, व्यवसाय नविकरण, सामान्य स्वस्थ्य परिक्षण तदा परामर्श सेवा, अपाङ्गता परिचयपत्र वितरणको लागि स्वास्थ्य परिक्षण, जेष्ठ नागरिक परिचय पत्र वितरण, पशुपंक्षी सेवा कृतिम गर्भधान, पशु बन्ध्याकरण, उपचार, कृषि सेवा माटो परीक्षण, बाली उपचार, ईएफटी कार्यको लागि विवरण अद्यावधिक/सामाजिक सुरक्षा लगायतको सेवा प्रदान गरिरहेको गढवा गाउँपालिकाले जनाएको छ।

गढवा गाउँपालिका वडा नम्बर ४ गंगाप्रसपुरमा सम्पन्न एकिकृत घुम्ती शिविरमा महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाबाट अपाङ्गता परिचयपत्र वितरणको लागि ८ जनाको स्वास्थ्य परिक्षण गरिएको छ भने १ जना जेष्ठ नागरिकहरुलाई परिचय पत्र वितरण गरेको छ।

त्यसैगरी कृषि विकास शाखातर्फ ६ जना कृषकहरुको माटो परीक्षण गरिएको छ। माटो परीक्षणबाट क्षरिय बढी भएको छ भने पोटास र फसफोरस मात्र बढी रहेको देखिएको छ।

त्यसैगरी उद्योग संघ संस्थातर्फ एकीकृत घुम्ती शिविरबाट एक जनाले नयाँखोप लगाउनु भएको छ ।त्यसैगरी स्वास्थ्य शाखातर्फ कुल १ सय ५१जनाले स्वास्थ्य चेकजाँच गरिएका छन् जसमध्ये १ सय ३८ जनाले ल्याव सेवा लिनु भएको छ। ल्याब तर्फ ३२ जनामा सुगर देखिएको छ भने अन्यको सामान्य रहेका छन्।

त्यसैगरी पशुपंक्षी तथा मत्स्य विकास शाखातर्फ कुल २ सय ४० जना सेवा ग्राहीले सेवा लिएका छन् ।एकीकृत घुम्ती शिविरबाट कुल ८ सय पशुलाई पिपिआर खोप दिएको छ भने

गाईभैसी गोरु पौषधी बितरण २ सय ४० लाई पुग्नेगरी वितरण गरिएको छ ।

६०० भेडाबाख्रा लाई औषधि बितरण गरिएको छ । त्यसैगरी १ सय ९० गाईभैसी,८७ वोटा बंगुर, र ८ सय ९५ कुखुराको लागि औषधी वितरण गरिएको छ।गाई भेडी गोई २ सय ४०, बाख्रा भेडा ७ सय जना, सुगरकौ बुङ्गुर ८५ र कुखुरा हासको एक हजार ८५ का लागि औसधी वितरण गरिएको छ ।त्यसैगरी खसि बोका बन्ध्याकरण खसी २ र गोरु एक रहेका छन्।

एकिकृत शिविर मंगलवार गढवा गाउँपालिका वडा नम्बर ६ को क्याम्पस डाँडामा सञ्चालन गरिने छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID