गढवाको मगरौटामा तिनदिने आधारशिला तालिम सम्पन्न, महिलाहरुलाई शसक्तिकरण र आत्मनिर्भर बनाउन जोड

आलोक भावुक

गढवा, १२ फागुन । गढवा गाउँपालिका वडा नम्बर ४ मगरौटामा शनिबार तिनदिने आधारशिला तालिम सम्पन्न भएको छ। सम्पन्न तालिममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथि यमनारायण शर्मा पोख्रेलले भिटा परियोजनाको मुख्य उद्देश्य महिला शसक्तिकरण र आत्मनिर्भर बनाउने रहेको बताउनुभयो ।

महिलाहरू आत्मनिर्भर नभए सम्म समाजमा महिलाहरुको भुमिका गौण गरने बताउनुभयो। महिला हरुलाई समाजको नेतृत्व गर्ने लायक बनाउन भिटा परियोजना मार्फत बिभिन्न कार्यक्रमहरु सञ्चालन गरेको बताउनु भयो । महिला शसक्तिकरण नभए सम्म समाज बदल्न नसकिने बताउदै अध्यक्ष पोख्रेलले नेतृत्वदायी क्षमतामा आउनु पर्ने बताउनुभयो। महिलाहरुलाई चुल्हो चौकोमा मात्र सिमित नभई समाजको नेतृत्व गर्ने खालको बनाउन पालिकाले बिभिन्न तालिमहरु सञ्चालन गरेको जानकारी दिनुभयो। परम्परागत रुपमा गर्दै आएको पेसालाई नै व्यवसायिक क्षमताको बिकाश गर्दै अढि बढ्न सबैलाई सुझाव समेत दिनु भयो। व्यवसाय गर्न चाहनेहरुको लागि भिटा परियोजना बरदान सावित हुने बताउनु भयो। सबैको साथ सबैको बिकाश हुने हिसावले भिटा परियोजनाले सबैलाई समान हिसावले समेटेर कार्यक्रम गर्नेगरेको बताउनुभयो।

समापन कार्यक्रममा सहभागीहरुको तर्फबाट बोल्दै माया नेपाली र राना गिरीले तिनदिने आधारशिला तालिमबाट जिवन बद्ल्ने शिक्षा पाएको बताउनुभयो। जिवन के हो ? समाजमा हाम्रो जिम्मेवारी के? लगाएतको विभिन्न बिषयमा तिनदिन सम्म प्रशिक्षण लिएको बताउनुभयो। साथै पहिलो पटक सरकारले महिलाहरुको लागि केही गर्दै छ भनेर आभास भएको छ सहभागी राना गिरिले बताउनुभयो। पानी सिचाई र अन्य सहयोग पाए आफुहरु तरकारी खेती गर्न चाहेको बताउदै मगरौटामा सिँचाइ नहुदा खेत बाझो भएको बताउदै सिचाईको व्यवस्थापन गर्न पालिका अध्यक्ष लाई अनुरोध समेत गर्नु भयो। तालिममा ३५ जना महिलाहरुको सहभागिता रहेको थियो।

समापन कार्यक्रममा हरियाली उधमी महिला समुहका अध्यक्ष शुसिला बस्यालको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका भिटा परियोजनाका उध्दम विकास सहजकर्ता बाबु राम यादवले गर्नुभएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID