
गढवा, ११ फागुन। नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाको २०औं वार्षिक साधारण सभा सम्पन्न शुक्रबार गढवामा सम्पन्न भएको छ। उपशाखा गढवाका सभापति दयाराम यादवको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा ४ नम्बर वडाका वडाध्यक्ष हरिभगत चौधरी र नेपाल रेड्क्रस सोसाइटी उपशाखा दाङका सभापति मदन गौतमको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।
२०औ वार्षिक साधारण सभामा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले नेपाल रेड्क्रस सोसाइटी उपशाखा गढवाले बिपदको समयमा नेतृत्वदायी भुमिका खेलेको बताउनुभयो। कुनैपनि बिपदको घटनामा रेड्क्रस सोसाइटी सबैभन्दा पहिले राहत लिएर पुग्ने गरेको बताउदै नेपाल रेडक्रस एउटा विश्वव्यापी मान्यता प्राप्त सामाजिक संस्था भएकोले निस्वार्थ समाज सेवामा निरन्तर लागेर मानवसेवा गरेको बताउनु भयो ।बिपद्जन्य घटना, मानवसेवामा सदैव तल्लिन रहने नेपाल रेड्क्रस सोसाइटी उपशाखाले नेतृत्वदायी भुमिका निर्वाह गरेको बताउदै सबैको साझा संस्थाकोरुपमा जोगाईरहन र सहयोग गर्नु पर्ने बताउनुभयो। समाजमा दिन प्रती दिन रगतको माग बढ्दै गएको अवस्थामा रेडक्रसले केही हद सम्म भए पनि आमनागरिकलाई अकाल मृत्यु हुन बाट बचाएको समेत बताउनुभयो ।रगतको अभाव हुन नदिनको लागि रेडक्रसले पुलको काम गरिरहेकोमा खुशी प्रकट गर्नुभएको थियो। मानवीय सेवा नै रेड्क्रसको मुख्य उद्धेश्य रहेको बताउदै बिपद् र मानवसेवाको क्षेत्रमा सरकार भन्दा पहिले नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएकोले गढवा गाउँपालिकाबाट हाल र आउने दिनमा निरन्तर सहयोग गर्ने समेत बताउनुभयो।
कार्यक्रममा बोल्ने बक्ताहरुले गैर नाफामुलक संस्था नेपाल रेड्क्रस सोसाइटी उपशाखा गढवालाई सही तरिकाले अघि बढाउनुपर्ने बताएका दिए। रेड्क्रस सोसाइटी उपशाखा गढवाले विपद्को समयमा जनताको सेवामा सधै तल्लीन रहने कुरा सरहनिय भएको बताका थिए ।आगलागी, बाढीपहिरो लगायतका बिभिन्न समयमा सबै भन्दा पहिले सहयोग गर्ने गरेको भन्दै प्रशंसा समेत गरेका हुन्।
नेपाल रेड्क्रस सोसाइटी उपशाखा गढवाको २० औँ वार्षिक साधारणसभाको अवसरमा तिन जना आजिवन सदस्यहरुलाई उपशाखा गढवाको उन्नयनका लागि अमूल्य योगदान पुर्याएको भन्दै दोसल्ला ओढाई सम्मान समेत गरेको छ।सम्मानित हुनेहरुमा सुर्य बहादुर श्रेष्ठ,तेज बहादुर चौधरी र शान्ता कुमारी बुढाथोकी केसी रहनु भएको छ






