राप्ती गाउँपालिकाको हिउँदे अधिवेशन अन्त्य

तुल बहादुर कवँर मगर

देउखुरी ८ फागुन । राप्ती गाउँपालिका दाङको दोस्रो गाउँसभा तथा चौथो हिउँदे अधिवेशन मंगलबार सम्पन्न भएको छ ।

गाउँसभाले विभिन्न ५ वटा विधेयकहरु पारित गरेको छ ।

सभाले राप्ती गाउँपालिकाकाे खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०, भूमि विधेयक २०८०,कृषि तथा पशुपंक्षी विधेयक २०८०, मदिरा तथा हलुका पेय पदार्थ (व्यवस्थापन तथा नियमन) विधेयक २०८०र आर्थिक ऐन २०८० काे संशोधन सम्बन्धि विधेयक पारित गरेको गाउँपालिकाका प्रवक्ता पहलवान चाैधरीले जानकारी दिनुभयो ।

त्यस्तै गाउँसभाले गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार पेश भएका गाउँपालिकाकाे न्यायिक समितिको प्रगति प्रतिवेदन, याेजना अनुगमन तथा सुपरिवेक्षण समितिकाे प्रतिवेदन, सार्वजनिक लेखा समितिको प्रतिवेदन र आर्थिक वर्ष २०८०/८१ काे स्वीकृत बजेट तथा कार्यक्रमकाे स्राेतान्तर तथा रकमान्तर प्रस्ताव अनुमोदन गरेको प्रवक्ता चाैधरीले जानकारी दिनुभयाे ।

सभामा गाउँपालिकाको चालू आर्थिक वर्ष २०८०/८१ काे फागुन मसान्तसम्मकाे प्रगति समिक्षा प्रतिवेदन गाउँसभाका सचिव एवम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले प्रस्तुत गर्नु भएको थियो ।

सभाको शून्य समयमा सभाका सदस्यहरुले समसामयिक विषयमा जिज्ञासा राख्नु भएको थियो भने सभाका सभा अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापती चाैधरी,सभाका सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली र शाखाका शाखा प्रमुखहरुले उठेको जिज्ञासाहरुकाे उत्तर दिनुभएको थियो ।

गाउँसभा समापन समारोहलाई सम्बोधन गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गाउँपालिकाकाे समग्र विकासको लागि प्रयत्नशील रहेको बताउनुभयो ।

त्यस्तै उहाँले जनताको सेवाको लागि जनप्रतिनिधि हाेस् या कर्मचारी सबै आत्मा सन्तुष्टिका साथ लाग्नुपर्ने बताउदै शिक्षा, स्वास्थ्य, उद्धमशीलता लगायत फाेहाेरमैला व्यवस्थापनकाे काम निरन्तर भई रहेको बताउनुभयो ।

गाउँ पालिकाकाे गाैरवकाे योजनाकाे रुपमा रहेको राप्ती चक्रपथ लाई विस्तार गर्नका लागि प्रदेश सरकार समक्ष प्रस्ताव पेश गरेको समेत जानकारी दिनु भयो ।

गाउँ सभा गत पुस २६ गते सुरु भई आज मंगलबार सम्पन्न भएको हाे ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID