राप्ती गाउँपालिका वडा नं.६ मा जग्गाको नाप नक्साकाे कार्य सुरु

तुल बहादुर कवँर मगर

देउखुरी ८ फागुन। दाङको राप्ती गाउँपालिका वडा नं. ६ मा जग्गाकाे नाप नक्साकाे कार्य सुरु भएको छ ।

गाउँपालिका भित्र रहेका भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई व्यवस्थित गरि लालपूर्जा वितरण गर्ने उदेश्यले पालिकाले नाप नक्साको काम सुरु गरेकाे हो ।

आइतबार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले वडा नं.६ काे पत्थरगढवामा जिपिएस प्वाइन्ट राखिएको ठाउँबाट जग्गा नाप नक्सा गर्ने टोटल स्टेसन मेसिन सञ्चालन गरि नाप नक्सा कार्यकाे सुरुवात गर्नु भएको छ।

राप्ती गाउँपालिकाका वडा नं.६ का वडा अध्यक्ष दिपक कुमार चाैधरीकाे अध्यक्षतामा भएको नाप नक्सा कार्यकाे उद्घाटन कार्यक्रममा बाेल्दै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जग्गा नाप नक्सा कार्य पछि वर्षै देखिको भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुकाे जग्गा सम्बन्धी समस्या समाधान हुने बताउनुभयो।

निर्वाचनको समयमा समेत आफूले भूमि समस्याको समाधान गर्ने प्रतिबद्धता गरेको कुरा स्मरण गर्दै अध्यक्ष विष्टले जग्गा नाप नक्सा गरि तत्काल लालपुर्जा वितरण गर्नका लागि भूमि आयोग सँग निरन्तर समन्वय गरिरहेकाे बताउनुभयो ।

त्यस्तै पालिकाकी उपाध्यक्ष कमलापती चौधरीले जग्गाको नाप नक्सा गर्ने कार्यमा सबैको साथ र सहयोगको आवश्यकता रहेको बताउनुभयो।

उहाँले जग्गा नाप नक्सा गर्ने क्रममा कुनै विवाद भए वडा स्तरमा गठित विवाद समाधान समिति मार्फत सुल्झाउन समेत आग्रह गर्नुभयो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले हाल गाउँपालिकाको ९ वटै वडामा जग्गाको निस्सा वितरण गरि नाप नक्साकाे काम भई रहेको बताउनुभयो।

त्यस्तै उहाँले गाउँपालिकाले फागुन २ गते देखि निस्सा छुट भएका व्यक्तिहरुका लागि अन्तिम पटक पुनः ३५ दिने सूचना प्रकाशन गरि लगत संकलन कार्य सुरु गरेको जानकारी दिदै ताेकिएकाे समय अवधि भित्र आवश्यक कागजात सहित पालिकामा आई फारम भर्न समेत आग्रह गर्नुभयाे।

अहिले गाउँपालिकाकाे ९ वटै वडामा ३ सय १५ ठाउँमा जिपिएस प्वाइन्ट राखि नाप नक्सा गर्ने काम भई रहेको छ।

हाल पालिकाको वडा नम्बर १,३,४,८ र ९ मा जग्गाको नाप नक्सा गर्ने काम सम्पन्न भई सकेको छ।

त्यस्तै वडा नं.२ र ५ मा नाप नक्सा गर्ने काम अन्तिम चरणमा पुगेको छ भने वडा नं.७ काे केही दिन भित्रै नक्साकाे काम सुरु हुने गाउँपालिकाका भूमि सेवा शाखाका प्रमुख बालचन्द्र गुरूङ्गले जानकारी दिनुभयो।

गाउँपालिका भरि ४ हजार ५ सय ६४ जना भूमिहिन दलित ,भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु रहेका छन् ।

जसमध्ये ३ हजार ७ सय ७५ अब्यबस्थित बसोबासी, ५ सय ६९ जना भूमिहिन सुकुमबासी, २ सय २० जना भूमिहिन दलित रहेको शाखा प्रमुख गुरूङ्गले जानकारी दिनुभयाे ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID