दाङमा डिउटीमा रहेको महिला प्रहरी माथी गाेली हानि हत्या, भाग्दै गरेका श्रीमान अर्जुनखोलाबाट पक्राउ

गणतन्त्रनेपाल समाचारदाता

दाङ, ३ फागुन। दाङमा गाेली हानेर एक जनाकाे हत्या भएकाे छ । घाेराहीकाे दामाेदर चाेकमा डिउटीमा रहेका महिला प्रहरीकाे गाेली हानेर हत्या गरिएकाे हाे ।

वडा प्रहरी कार्यालय घाेराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाकाे गाेली उहाकै श्रीमानले गाेली हानेर हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएकाे छ ।

घटना करिब साढे ७ बजे भएकाे हाे । गाेली हानेर भाग्दै गरेका यमबहादुर झाक्रीलाई लमही अर्जुनखाेलाबाट पक्राउ गरेकाे प्रहरीले जानकारी दिएकाे छ । झाक्री नेपालगञ्जमा कार्यरत प्रहरी रहेकाे प्रहरीले बताएकाे छ ।

मा प्रकाशित